

महेन्द्रनगर । काँग्रेस कंचनपुरको क्षेत्र नम्बर १ प्रदेश सभा(ख) ले १०० दिने विशेष अभियान सुरु गरेको छ । काँग्रेस निर्वचन क्षेत्र नं. १(२) का सभापति चेतनकुमार राइको अध्यक्षतामा गरिएको कार्यक्रममा केन्द्रीय सदस्य नृप बहादुर वडले अभियान उद्घाटन गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, काँग्रेस जिल्ला उपसभापति एबम् बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना, जिल्ला उपसभापति मिन बहादुर सिंह,नेपाली काँग्रेस क्षेत्र नम्बर १का सभापति गोपी प्रसाद उपाध्याय, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि भरत बिष्ट,अतिथिमा पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया राना लगायतक सहभागी भएका छन् ।

देशभरी क्षेत्रिय सभा, प्रदेश सभा, र नगरमा एक सय दिने विशेष अभियान कार्यक्रम सञ्चालन भइरहेको काँग्रेस प्रदेश सभा ख का सचिव दिनेश बहादुर कुँवरले बताए ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य वडले पार्टीप्रति छाएको निराशालाई चिर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
