ghar sansar

पत्रकार महासंघमा प्रेस सेन्टरको नेतृत्वको संयुक्त प्यानलको उम्मेदवारी

khasi

महेन्द्रनगर । पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।

dirghayi clinic

शुक्रबार दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि गिरीको प्रस्तावक प्रेस सेन्टरका अध्यक्ष विष्णु सपकोटा छन् भने समर्थक समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी छन् ।

प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

गिरीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी÷जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बताइएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...