ghar sansar

३१ पदक जित्दै पुनर्वास जनता माविले चुम्यो १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उपाधि

little buddha academy
khasi

धन बहादुर बिक

महेन्द्रनगर । पुनर्वास नगरपालिका स्तरीय स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनर्वास जनता माविले चुमेको छ । प्रतियोगितामा ११ स्वर्ण ७ रजत १२ कास्य पदक हात पार्दै पुनर्वास जनता मािवले उपाधि हात पारेको हो ।

,orning glory badhai
dirghayi clinic

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद मुल नारा सहित गौरीशंकर माध्यमिक बिद्यालयको खेलमैदानमा शुक्रबारदेखि सञ्चालित १५ औं रनिङ शिल्ड प्रतियोगितामा पुनर्वास जनता माविले पहिलो स्थान हासिल गरेको हो ।यसैगरी ८ स्वर्ण ४ रजत ३ कास्यपदक सहित पुनर्वास नगरपालिका ११ मा रहेको राष्ट्रिय माविले हासिल गरेको छ।७ स्वर्ण ४ रजत ५ कास्यपदक सहित आयोजक गौरीशंकर मावीले हात पारेको छ ।

प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, रिले दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको थियो । खेल मध्ये सबैभन्दा रोचक मानिएको छात्र भलिबलको प्रथम स्थान एस पि एल एकेडेमीलाई हराउँदै पुनर्वास नगरपालिका २ मा रहेको श्री सरस्वती मावि प्रथम हुन सफल भएको छ भने युग ज्योति माविलाई हराउदै एस पि एल एकेडेमी द्वितीय भएको छ त्यसतै तृतीय युग ज्योति मावि भएको छ ।

यस्तै छात्रा तर्फको भलिबल मा एस पि एल एकेडेमी मावि लाई हराउदै पुनर्वास जनता मावि प्रथम भएको छ।यसैगरी अर्को रोचक कबड्डी प्रतियोगिता छात्र तर्फ श्री जनकल्याण मावि लाई पछि पार्दै युग ज्योति मावि ले प्रथम स्थान लिन सफल भएको छ।यस्तै छात्रा तर्फको कबड्डी प्रतियोगितामा पुनर्वास नगरपालिका १ अंशुबर्माबस्तिमा रहेको शान्ति माविलाई पछाडि पार्दै सरस्वती मावि मोतिबस्तिले प्रथम स्थान ओगट्न सफल भएको छ ।

मार्चपास तर्फ प्रथम गौरीशंकर मावि दित्तिय एस पि एल एकेडेमी मावि र तृतीय पुनर्वास जनता मावि रहेका छन।त्यसैगरी ८०० मिटर छात्र रिले दौडमा जीवन ज्योति माविले प्रथम स्थान बागिश्वरी माविले द्वितीय स्थान र जीवन ज्योति माविले नै तित्तिय स्थान हासिल गरेका छन । छात्रा रिले दौड ८०० मिटरको प्रथम स्थान बागिस्वरी माविले हात पारेको छ भने द्वितीय स्थान जीवन ज्योति माविले नै हात पारेको छ तृतीय स्थान बागिस्वरी माविले प्राप्त गरेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...