ghar sansar

दोधारा चाँदनीमा यस वर्ष मात्रै हुँदैछ १४ किलोमिटर सडक कालोपत्रे

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा सडक कालोपत्रेमा अनपेक्षित प्रगति भएको छ । नयाँ संविधान अनुसार दोधारा चाँदनी नगरपालिका बनेपछि नगरपालिकाका सबै वडामा पक्की सडक संरचना बनेका छन् ।

संघीय शासन व्यवस्था अनुसार स्थानीय तह निर्वाचनपछिद्ध पक्की सडक निर्माणमा अप्रत्याशित प्रगति भएको स्थानियले बताए । अहिले दोधारा चाँदनी ७ मा संघिय सरकारको आयोजनामा ३ किलोमिटर पक्की सडक निर्माण कार्य अघि बढेको छ । शहरी विकास मन्त्रालय योजनामा नगर क्षेत्रको विभिन्न वडामा ७ किलोमिटर सडक निमार्ण सञ्चालनमा रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताए ।

dirghayi clinic

शहरी विकास मन्त्रालयको योजनामा पक्की सडक निमार्ण मात्र नभई वडा नं. २ मा रहेको खेल मैदानमा ४ कोठे आय आर्जन भवनसंगै प्याराफिट निर्माण, वडा नं. ७ को बाबाथान बजारमा ८ कोठे आय आर्जन भवनको निमार्ण कार्य दु्रत गतिमा सुरु भईरहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताए ।

शहरी बिकास मन्त्रालयबाट ७ किलोमिटर पक्की लगाएत संघिय, प्रदेश सरकार संग नगरपालिकाको म्याचिङ्ग कोषबाट ७ किलोमिटर गरी नगरपालिकाको विभिन्न वडामा चालु आर्थिक वर्षमा झण्डै १४ किलोमिटर साना, ठूला पक्की सडक योजना निमार्ण कार्य थालिएको मेयर लिम्बुले बताए । ‘सडकको पहुँच नभएको सबै वडा टोल, बस्तीमा सडक सञ्जाल संग जोड्ने काम भईरहेको छ’ उनले भने ।

मेयर लिम्बुले सडक निर्माण र विस्तार कार्यलाई प्राथमिकता दिइएको बताए । अहिले निमार्ण भईरहेको बिकास निमार्ण कार्यको स्थलगत अनुगमन गरी स्थानीयसित भेटघाटमा जनप्रतिनिध व्यस्त भएका छन् ।

सडक सञ्जालको विकासले सामाजलाई जोड्नुका साथै स्थानिय उत्पादनलाई बजारिकरण गरी जनताको आय आर्जनमा सहयोग पुगेको स्थानीय बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...