ghar sansar

पुनर्वासमा “ज्येष्ठ नागरिक स्मृति एवम् सम्मान कप वडा स्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिता हुने

little buddha academy
khasi

किशोर तामाङ
महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी भेगस्थित पुनर्वासमा “ज्येष्ठ नागरिक स्मृति एवम् सम्मान कप” वडा स्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिता–२०८० सञ्चालन हुने भएको छ ।

पुनर्वास ३ खेलकुद विकास समितिको आयोजनामा हुन लागेको सो फुटबल प्रतियोगिता कालिका युवा क्लब र राम युवा क्लबले संयुक्त रुपमा सञ्चालन गर्न लागेको हो । ”खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ राम युवा क्लबको खेल मैदानमा आगामी चैत २४ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।

,orning glory badhai

पुनर्वास ३ खेलकुद विकास समिति ( कालिका युबा क्लव र राम युबा क्लब ) को आयोजनामा “जेष्ठ नागरिक स्मृती एवम् सम्मान कप” वडा स्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिता हुन लागेको राम युबा क्लबका अध्यक्ष भिम बहादुर तामाङले जानकारी दिए । उनले यस खेलको आयोजना सगै आगामी दिनमा कालिका युवा क्लब र राम युवा क्लब एकै भएर अगाडी बढने आशा राखेको बताए ।

फुटबल खेलको विकासका लागि खेलप्रति आकर्षण बढाउन र स्थानिय तहमा युवाहरुको सक्रियता जनाउन “ज्येष्ठ नागरिक स्मृति एवम् सम्मान कप” वडा स्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिता–२०८० सञ्चालन गर्न लागेको वडा नं. ३ का निमित अध्यक्ष बम बहादुर तामाङले बताउनुभयो । उहाँले खेलकुदको विकासका निम्ति सही ठाउँ सही समय अवलम्बन गर्नु पर्ने र खेलकुदमा रूचि भएकाहरूलाई सानैदेखि प्रशिक्षण दिए अवश्य पनि लगानी खेरा नजाने बताए ।

त्यसैगरी मन्तव्यको क्रममा कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङले ग्रामिण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गर्न लागेकोमा आयोजक लाई धन्यवाद दिँदै उपाध्यक्ष तामाङले कञ्चनपुरको दक्षिणी भेग फुटबल खेलडीको हब रहेको बताए । उनले कञ्चनपुरमा राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा दक्षिणी क्षेत्रको ठुलो भूमिका रहेको जिकिर गरे ।

dirghayi clinic

उनले पुनर्वासमा खेलकुदको क्रेज भएकै कारण गाउँगाउँमा विभिन्न प्रतियोगिताहरू हुदै आएको बताउनुभयो । मन्तब्यको क्रममा उपाध्यक्ष तामाङले स्थानिय स्तरबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सदैव कञ्चनपुर जिल्ला फुटबल संघ सकरात्मक रहेको र आवश्यक सहयोग गर्नेे प्रतिबद्धता समेत जाहेर गरे ।

ज्येष्ठ नागरिक स्मृति तथा सम्मान कप नामाकरण गरिएको सो फुटबल प्रतियोगिता जेष्ठ नागरिकको सम्झना तथा सम्मानमा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियोे । साथै फुटबलमा नै समर्पण गरी आफ्नो जिवन विताइरहेका खेलाडीहरुका लागि २०८० चैत्र २३ गते ३९ बर्ष कटेका भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्य पनि राखिएको क्लबका सचिव लालमान तामाङले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । उनले खेलकुदलाई भव्य र सभ्य र मर्यादित भएर सञ्चालन गर्न सबै सरोकारवालालाई साथ सहयोगका लागि पत्रकार सम्मेलन मार्फत अपिल गरे ।

आयोजकले पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा वडास्तरीय खुल्ला र भेट्रान गरी दुईखेल एकै समयमा हुने बताउदै भेट्रान तर्फ २०८० चैत्र २३ गते ३९ वर्ष पूरा भएको हुनुपर्ने आयोजकले जनाएको छ । दुबै विधातर्फ रु. पाँच हजार इन्ट्री शुल्क तोकीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । दुबै विधाको खेलमा चैत्र २२ गते सम्म टिम दर्ता गर्ने समय तोकिएको छ भने चैत्र २३ गते खेल तालिका सार्वजनीक गरीने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान गरिएको छ ।

प्रतियोगिताको विजेता हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैया , ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद ६१ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका म्यान अफ द म्याचले प्रत्येक खेलमा एक हजार रुपैया प्राप्त गर्ने छ भने व्यक्तिगत विधामा समेत अकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यसैगरी यता भेट्रान खेलतर्फ प्रतियोगिताको विजेता हुने टिमले नगद २१ हजार १ सय ११ रुपैया , ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले नगद ११ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका म्यान अफ द म्याचले प्रत्येक खेलमा पाँच सय रुपैया प्राप्त गर्नेे आयोजकले जनाएको छ ।

प्रतियोगिताका खेलहरु विश्व फुटबल महासंघ फिफाद्वारा पारित नियम अनुसार खेलाईने आयोजकले जनाएको छ । कालिका युबा क्लबका अध्यक्ष राम बहादुर तामाङ र राम युबा क्लबका अध्यक्ष भिम बहादुर तामाङको सयुक्त सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि पुनर्वास ३ का कार्यबाहक वडा अध्यक्ष श्री बम बहादुर तामाङ रहनु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङ र सदस्य सुक बहादुर तामाङ रहनुभएको थियो । कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सचिव लालमन तामाङले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...