

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाले मन्त्रालयको औपचारिक कार्यक्रममा पत्रकारहरुसित सवाल जवाफ गरेका छन् ।
मन्त्रालयले शुक्लाफाँटा जङ्गल कटेलमा सोमबारदेखि सुरु गरेको दुई दिने त्रैमासिक समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गरेपछि उनले पत्रकारहरुसित सवाल जवाफ गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मन्तव्य राखेपछि मन्त्री थापाले सहभागी सबै पत्रकारहरुलाई मन्त्रालयसंग सम्बन्धित विषयमा जिज्ञासा राख्न आग्रह गरेका थिए । उनको आग्रहपछि पत्रकारहरुले सोधेको विभिन्न प्रश्नको जवाफ मन्त्री थापाले दिएका हुन् ।
पत्रकारहरुले मन्त्री थापालाई मन्त्रालयमा न्यून जनशक्ति, अनुदानमा वितरणमा कमिसन, पहुँचका आधारमा अनुदान वितरण लगायतका विभिन्न विषयमा मन्त्री थापासित जिज्ञासा राखेका थिए ।

मन्त्री थापाले उद्घाटन कार्यक्रममा मन्त्रालयका कामकाज पारदर्शी बनाउन र अनुदान लगायतका बजेटमा आएका गुनासो सम्बोधनका लागि पत्रकारहरुसित सहकार्य गरी अघि बढ्ने बताए ।
उनले पत्रकारहरुलाई कृषि अनुदान रकम वितरणका सकारत्मक र नकारात्मक सबै पक्ष उजागार गरि दिनु आग्रह गरे । आफू मन्त्री भएपछि टुक्रे योजना र तोकेर अनुदान दिने विगतको चलन हटाएको उल्लेख गरे ।
मन्त्री थापाले पत्रकारहरुका जिज्ञासाको जवाफ दिएपछि मन्त्रालयका सचिव यज्ञराज जोशीले उद्घाटन कार्यक्रम समापन गरे ।
मन्त्रालयको दुई दिने समीक्षाबाट तीन महिने प्रगतिबारे जानकारी लिने र छलपलल गरी आगामी कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने मन्त्री थापाले बताए ।
भीमदत्त नगरपालिका १६ मझगाउँस्थित सुरु दुई दिने समीक्षा गोष्ठीमा मन्त्रालय मातहत विभिन्न २८ कार्यालयका अधिकारीहरु सहभागी भएका छन् ।
उद्घाटन कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अधिकारीले तीन महिने प्रगति प्रस्तुत गरे ।

