

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा नगर स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । दोधारा चाँदनी नगरपालिका ६ नम्बर वडा कार्यालय र कमलशा युवा क्लले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको छ ।
सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले प्रतियोगिता उद्घाटन गरे । उनले प्रतियोगिताले ग्रामीण क्षेत्रमा फुटबल विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।



दोधारा चाँदनी नगरपालिका ६ का वडा अध्यक्ष ओम बस्नेतले दोधारा चाँदनी क्षेत्रमा खेलकूदको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिता उद्घाटनपछि भएको खेलमा मण्डली बीले केआइसीलाई ०–१ गोलले पराजित गरी विजयी सुरुवात गरेको छ ।


