ghar sansar

भीमदत्तमा फेरि हुन थाल्यो मदनचोकमा २२ सटर बनाउने चर्चा

khasi

महेन्द्रनगर । सर्बपक्षीय बैठकले मदनचोकमा २२ सटर बनाउन मापदण्ड अपुग हुने भन्दै भीमदत्त नगरपालिका पछाडि हटेको एक महिनापछि फेरि सटर बनाउने चर्चा सुरु भएको छ ।

एशियाली विकास बैंक(एडीबी) अनुदानका क्षेत्रीय सहरी विकास योजनाको परामर्शदाता आफैंले नापजाँच गरी सटर बनाउने मापदण्ड पुग्ने आधार दिएपछि भीमदत्तमा सटर बनाउने चर्चा सुरु भएको छ ।

एडिबीको पराशर्मदाता कम्पनीका इन्जिनियर गिरीश चन्द आफैं आफैंले नाप जाँच गरेका हुन् । भीमदत्त नगरपालिकाका स्थानीय चन्दले नाप जाँच गरी मदनचोकमा २२ सटर बनाउन सकिने मापदण्ड नगरपालिका कार्यालयलाई दिएका छन् ।

इन्जिनियर चन्दले आधार दिएपछि भीमदत्त नगरपालिका फेरि मदनचोकमा २२ सटर बनाउने गरी अघि बढेको छ । त्यसका लागि मंगलबार २२ सटरको नक्सा खोजी गरिएको स्रोतको भनाई छ ।

गत मंसिुर २२ गते भीमदत्त नगरपालिका आफैंले सर्बदलीय बैठक गरी मदनचोकमा २२ सटर बनाउन मापदण्ड नपुग्ने भन्दै अर्को स्थानमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सर्बदलीय बैठक बसेको एक महिनापछि फेरि एडिबी परामर्शदाताले मापदण्ड पुग्ने आधार दिएको हो ।

क्षेत्रीय सहरी विकास योजना अन्र्तगत भीमदत्त नगरपालिकामा निर्माणाधिन पहिलो चरणको सडक निर्माण कार्यक्रम अन्र्तगत चमनचोक मदन सडक खण्डमा खानेपानी संस्थान अगाडिका २२ सटर अवरोध बनेपछि गत वर्ष ती सटर भत्काइएको थियो । भीमदत्त नगरपालिकाले ती सटरका व्यवसायीलाई फेरि सोही स्थानमा व्यवस्थापन गर्ने सहमति गरी सबै सटर भत्काएको थियो ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले एडिबी परामर्शदाताले मदनचोकमा नापजाँच गरी २२ सटर बनाउन सकिने आधार कार्यालयलाई दिएका जानकारी दिए ।

‘कन्सटेन्टले सबैलाई राखेर नाप जाँच गर्दा त्यहाँ २२ सटर बनाउने आधारमा दिएको छ, त्यसका आधारमा नगरपालिकाले सटर बनाउन सक्ने भनेको छ’ प्रमुख प्रशासकीय अधिकृत बमले भने ।

dirghayi clinic

एडिबी परामर्शतालाको नाप जाँचमा ढल र फुटपाथ व्यवस्थापन बाहेक सटर बनाउन १० फिट जमिन बाँकी देखिएकाले त्यसमा सटर बनाउने मापदण्ड पुग्ने सुझाव दिइएको छ ।

मदनचोकमा मापदण्ड मिचेर सटर बनाउन नहुने भन्दै विद्यार्थी र युवाले चरणबद्ध आन्दोदलन गरेपछि गत मंसिर २२ गते नगरपालिका कार्यालयमा सर्बदलीय बैठक आयोजना गरिएको थियो ।

युवा विद्यार्थीले मदनचोकमा कुनै पनि हालतमा २२ सटर बनाउन नहुने भन्दै चरणबद्ध आन्दोलन गरेका थिए । उनीहरुले सटर भत्काइएको क्षेत्रमा वाटिका बनाउनु पर्ने र ती सटरका व्यवसायीलाई अन्यत्र व्यवस्थापन गर्नु पर्ने माग गर्दै आएका छन् ।

सर्बदलीय बैठक अघि भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम र युवा विद्यार्थीबीच उनको कार्यकक्षमा चर्को विवाद भएको थियो । युवा विद्यार्थीसित विवादपछि नगरपालिकाले सर्बदलीय बैैठक गरी सटर बनाउने योजनाबाट पछि हटेको थियो ।

एडिबी अनुदानको क्षेत्रीय सहरी विकास योजनाको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको बेला परामर्शदाताले २२ सटरमा सक्रियता देखाएको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको आग्रहमा इन्जिनियर चन्दले अग्रसरता देखाएका छन् । यस अघि मेयर बोगटीको आग्रहमा इन्जिनियर चन्दले कटानमा व्यवसायी गजेन्द्र बिक्रम थापाको घर अगाडिको सडक निर्माण रोकेपछि उनी विवादमा तानिएका थिए ।

मेयर बोगटीले आफन्त नाता पर्ने काँग्रेस नेतृको आग्रहमा थापा सहितको घर अगाडिको सडक निर्माण कार्य रोक्का गरिएपछि मेयर आलोलना भएको थियो ।

एडिबीको अनुदानको योजनाको पहिलो चरणमा १४ किलोमिटर सडक निर्माण कार्य निर्माणाधिन छ । विद्युत र टेलिफोनका लाइन नहटाई सडक कालोपत्रे गरिएको छ ।

भीमदत्त नगरपालिकाले २२ सटर बनाउने डिपिआरका सार्वजनिक सूचना आव्हान गरेपछि विवाद चर्र्किएको थियो ।

भीमदत्त नगरपालिका मातहतको भीमदत्त नगर विकास समितिले वडा नं. ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टको नेतृत्वमा गत वर्ष समिति गठन गरी प्रतिवेदन तयार गरेको थियो । समितिले मदनचोकमा २२ सटरका व्यवसायीलाई सोही स्थानमा व्यवस्थापन गर्ने प्रवितेदन बुझाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...