ghar sansar

नक्सा अनुसार बाटो खोल्नु पर्ने माग गर्दै भीनपा १० का वासिन्दाले वडा कार्यालयमा बुझाए मागपत्र

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० स्थानीयले बाटो खोल्नु पर्ने माग गर्दै मंगलबार वडा कार्यालयलाई माग पत्र बुझाएका छन् ।

स्थानीयले कार्य वाहक वडा अध्यक्ष प्रताप सिह साउँदलाई बाटोको नक्सा सहित माग पत्र बुझाएर बाटो खोल्नु माग गरेका हुन् । स्थानीय दिलानन्द जोशीले माग पत्र पढेर सुनाएपछि कार्य वाहक अध्यक्ष साउँदलाई हस्तान्तरण गरे ।

dirghayi clinic

कार्य वाहक वडा अध्यक्ष साउँदले माग पत्र बुझ्दै स्थानीयको माग अनुसार बाटो खोल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
स्थानीयले गड्डाचौकी तुमडानी खोला र नवराज जोशीको घरदेखि युवा वर्ष माध्यमिक विद्यालयसम्मको बाटो नक्सा अनुसार खोलेर विस्तार गर्न माग गरेका छन् ।

वडा कार्यालयमा माग पत्र बुझाउने टोलीमा सहभागी राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष दिनेश विष्टले ती दुबै बाटो नक्सा अनुसार खोलेर विस्तार गर्न माग गरिएको बताए ।

‘ ती दुबै बाटो नक्सा अनुसार छैनन्, सवारी दुर्घटनाको डर छ, आवतजावत गर्न समस्या देखिएको छ, त्यहाँ एउटा गाडी चलाउन पनि समस्या छ, त्यसैले नक्सा अनुसारको बाटो खोल्नु पर्ने माग राखेर माग पत्र बुझाएका छौ’ उनले भने , ‘त्यस कारण यो बाटो खोल्नु पर्छ ।’

Himal dental
सम्बन्धित
Loading...