ghar sansar

अफ्रिकन स्वाइन फिबरबाट बच्न उच्च सतर्कता अपनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्काको आग्रह

khasi

महेन्द्रनगर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पशु विकास अधिकृत श्याम खड्काले बंगुरहरुमा अफ्रिकन स्वाइन फिबरको उच्च जोखिम भएको भन्दै सतर्कता अपनाउन किसानहरुलाई आग्रह गरेका छन् ।
छिमेकी जिल्ला कैलालीका विभिन्न स्थानमा मरेका बंगुरको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर पुष्टि भएकाले कञ्चनपुर संक्रमणको उच्च जोखिममा भएकाले कार्यालय प्रमुख खड्काले बताएका हुन् ।

कार्यालय प्रमुख खड्काले सबै किसानहरुलाई स्वाइन फिबर संंक्रमणबाट जोगिन सतर्कता अपनाउन र जैविक सुरक्षाका उपाय अबलम्बन गर्न आग्रह गरेका छन् ।

अफ्रिकन स्वाइन फिवर महामारी भएकाले उच्च सतर्कता अपनाउन नसकिए ठूला क्षति हुने भन्दै कार्यालय प्रमुख खड्काले महामारी नियन्त्रणमा सहयोग गर्न सरोकारवालाहरुमा पनि आग्रह गरेका छन् ।

dirghayi clinic

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले किसानहरुलाई निम्न सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको छ ।

–फार्म खोरमा जैविक सुरक्षाका उपायहरु अबलम्बन गर्ने
–अनावश्यक रुपमा अरुको फार्म खोरमा नजाने, नल्याउने
–फार्म, खोरको काम गर्दा लगाउने लुगा कपडा र जुत्ता चप्पल अरु बेला प्रयोग नगर्ने, खोरको काम सकेपछि साबुन पानीले हात खुट्टा राम्ररी धुने
–रोगी बंगुर र यसको मासु ओसारपसार र बिक्री वितरण नगर्ने
–नियमित रुपमा फार्म,खफर वरिपरि चुना, फिनायल वा निसंक्रमण गरी खोर खाली राख्ने
–बंगुरलाई घर वा होटलको खोर नखुवाउने खुवाउनै परे आधा घण्टासम्म पकाएर मात्रै खुवाउने तथा बंगुरको मासु मिसिएको खानेकुरा नखुवाउने
–मरेका बंगुर तथा बंगुर काटिएका ठाउ“बाट निष्काशित मासु हाड भित्र्याउ“दा र अन्य फोहरहरु जथाभावी खुल्ला रुपमा वा खोलानाला तथा पानीको स्रोतमा नफाल्ने
–आफूले पालेका वा अरुले पालेका सुगर बंगुरमा कुनै किसिमको स्वास्थ्य समस्या वा तल उल्लेखित लक्षणहरु देखा परेमा तुरुन्तै नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल वा पशु रोग अन्वेषण प्रयोगशाला धनगढीमा जानकारी गराउने

रोगका लक्षणहरु

–एकै पटक धेरै बंगुरमा रोग देखा पर्ने र मर्ने
–उच्च ज्वरो आउने, दानापानी नखाने, उभिन नसक्ने र कमजोर हुने
–कान र थुतुनोको छालामा रातो वा निलो डामहरु देखिने र पछि शरिरभरि रातो हुने
–नाक र गुद्धारबाट रगत बग्ने
–छिटो छिटो सास फेर्ने उल्टी गर्ने र गर्भिणी बंगुर तुहिने

Himal dental
सम्बन्धित
Loading...