ghar sansar

भेरिएसन स्वीकृत गराउन ठेकेदारले बखेडा झिकेपछि महाकाली पुल हेर्न आउँदै भौतिक पूर्वाधार मन्त्री दाहाल

महेन्द्रनगर । महाकाली नदी चार लेन पुल निर्माण ठेकेदार कम्पनीले भेरिएसन स्वीकृत नभएर बखेडा झिकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल आफैं आउन लाउन लागेका छन् ।

महाकाली नदीको चार लेन, भत्किएको गाइड बण्ड र गड्डाचौकीस्थित अवरुद्ध सडक निर्माण कार्य अवलोकनका लागि शनिबार आउन लागेका हुन् । महाकाली पुल योजना कार्यालयले मन्त्री दाहाल आउने कार्यक्रम तयारी गरि रहेको छ ।

mahostaw

ठेकेदार कम्पनीले चौथो भेरिएसन स्वीकृत नभएपछि गत महिना पहुँच मार्ग खनेर सडक अवरुद्ध गरेपछि इन्जिनियर किशोर पाण्डेयलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि ठेकेदार कम्पनीले भेरिएसन स्वीकृत नभएसम्म काम नगर्ने अडान लिएपछि मन्त्री दाहाल आफैं आउन लागेका हुन् ।

महाकाली पुल योजना कार्यालय स्रोतका अनुसार ठेकेदार कार्यालयबाट केही महिना अघि भेरिसेनमा मन्त्रालयमा पठाइएको थियो । मन्त्रालयले स्वीकृतका लागि मन्त्रिपरिषद् पुगाउँदा सरकार हेरफेर भएपछि भेरिएसन स्वीकृत रोकिएको थियो ।

त्यही भेरिएसनलाई स्वीकृत गराउन ठेकेदार कम्पनीले पुल बन्द गर्ने र पहुँच मार्ग खन्ने कार्य गरेको हो । महाकाली पुल योजना र स्थानीय प्रशासन दुबैलाई सार्वजनिक रुपमा पुल बन्द गर्ने चेतावनी सहितको पत्र दिएका थियो ।

कुमार सिएफईसी जोईन्ट भेन्चरले २०७४ मा पुल निर्माण ठेक्का लिएको हो । चौथो भेरिएसन स्वीकृति भएपछि ठेक्का रकम चार अर्ब नाघ्नेछ । अहिले ठेकेदार कम्पनीको सम्झौता म्याद पनि सकिएको छ । म्याद थप पनि मन्त्रिपरिषद्बाट हुने छ ।

भेरिएसन स्वीकृत नहुँदै पोखरीको गाइडबण्ड भत्किएपछि ठेकेदार कम्पनी थप अप्ठेरोमा परेको छ । गाइडबण्डको गुणस्तरलाई लिएर भेरिएसन स्वीकृत हुन समय लाग्ने भएपछि ठेकेदार कम्पनी पुल बन्द गर्ने लगायतका दबावमा लागेको स्थानीय बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राविधिक टोलीले भत्किएको गाइडबन्ध स्थलगत निरीक्षण गरी फर्किएका थिए । प्राविधिक टोलीको प्रतिवेदन आएपछि मात्रै गाइडबन्ध भत्किने यथार्थ कारण बाहिर आउनेछ । गत असोजको बाढीले तीन सय मिटर गाइडबण्ड भत्काएको छ ।

महाकाली पुल निर्माणमा मन्त्री दाहालसंगै गृह मन्त्री रमेश लेखक सहभागी हुने छन् । पुल निर्माण क्षेत्र मन्त्री लेखकको निर्वाचन क्षेत्रमा पर्छ ।

भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा स्थानीय केही परिवारले सडक निर्माण अवरुद्ध गरेपछि काम रोकिएको छ । महाकाली पुल योजना कार्यालयले अवरुद्ध हटाउन पटक स्थानीय प्रशासनलाई पत्राचार गर्दै आएको छ । गृहमन्त्री लेखकले गड्डाचौकी सडक निर्माण अवरोधलाई हटाउने विश्वास गरिएको योजनाका अधिकारीहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...