ghar sansar

यसरी बन्दैछ महाकाली बहुप्राविधिक शिक्षालय नमूना

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारको नमूना टिइभेट संस्था विकास कार्यक्रममा छनौट भएपछि महाकाली बहुप्राविधिक शिक्षालयले बार्षिक २० लाख अनुदान पाउने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले युवाहरुका लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम(टिभेट) कार्यक्रम अन्र्तगत सुदूरपश्चिम प्रदेश्मा महाकाली बहुप्राविधिक शिक्षालयलाई छनौट गरेको हो । सोही कार्यक्रम अन्र्तगत शिक्षालयलाई नमूना बनाउन पाँच वर्ष बर्सेनी २० लाखका दरले अनुदान पाउन लागेको हो ।

शिक्षालयका निर्देशक परमल सिह साउँदले शिक्षालय सुदूरपश्चिममा नमूना टिभेट संस्था कार्यक्रमका लागि छनौट भएको बताए ।

‘मन्त्रालयले विभिन्न मापदण्ड राखेर प्रस्तावना माग गरी सार्वजनिक सूचना आव्हान गरेको थियो, त्यही सूचना अनुसार मन्त्रालयमा प्रस्तावना पेश गरेका थियौ, सुदूरपश्चिममा कार्यक्रममा शिक्षालय छनौट भएको छ’ उनले भने,‘यसबाट शिक्षालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्छ, त्यसका लागि कार्यक्रम सञ्चालन गर्न वार्षिक २० लाख अनुदान पाउँछौ ।’

नमूना टिभेट कार्यक्रम अन्र्तगत सुदूरपश्चिम प्रदेशका ३२ प्राविधिक शिक्षालयले प्रस्तावना पेश गरेका थिए ।

शिक्षालयले मन्त्रालयमा नूमना शिक्षालय बनाउन शैक्षिक सुधार योजना पेश गरेको छ । शैक्षिक सुधार योजनाका आधारमा प्रदेश सरकारको अनुदानबाट शैक्षिक गुणस्तर वृद्धि सहित कार्यक्रम सञ्चालन गर्न लागिएका छन् ।

शिक्षालयका सूचना अधिकारी चुडामणी शर्माले नमूना टिभेट कार्यक्रममा स्मार्ट बोर्ड, मल्टिमिडिया प्रयोग, हरित प्राविधिश शिक्षालय लगायतका शैक्षिक सुधारका कार्यक्रम शैक्षिक सुधार योजानमा समावेश गरिएको बताए ।

dirghayi clinic

मन्त्रालयको नमूना टिभेट कार्यक्रमका लागि छनौट भएपछि शिक्षालयको प्राविधिक शिक्षा गुणस्तरीय बनाउन सहयोग पुग्ने निर्देशक साउँदले बताए । ‘यो कार्यक्रमबाट शिक्षालयको प्राविधिक शिक्षालयलाई गुणस्तरीय बनाउन सहयोग पुग्छ’ उनले भने ।

भीमदत्त नगरपालिकाले २०७८ मा महाकाली प्रादेशिक अस्पालसित साझेदारीमा तीन वर्षे डिप्लोमा तहको प्राविधिक शिक्षा अध्ययनका लागि शिक्षालय स्थापना गरेको थियो ।

शिक्षालयमा हाल फार्मेसी, ल्याब टेक्निसियन, अप्थाम्लिक साइन्स र समान्य चिकित्सा(एचए) को कार्यक्रम सञ्चालन छन् । ल्याब टेक्निसियन बाहेक सबैमा ४०÷४० जनाको कोटा छ । ल्याब टेक्निसियनमा ३० जनाको कोटा छ ।

शिक्षालयले निजी क्षेत्रका प्राविधिक शिक्षालयको तुलनामा आधा कम शुल्कमा पठनपाठन गराउँदै आएको छ । शिक्षालयका अनुसार फार्मेसी २ लाख ४५ हजार, ल्याब टेक्निसियन २ लाख ५ हजार, अप्थाम्लिक साइन्स र समान्य चिकित्सा २ लाख ९५ हजारमा शुल्क तोकिएको छ ।

शिक्षालय स्थापनाको पहिलो वर्ष फार्मेसी र ल्याब टेक्निसियन विषय पठनपाठन गरिएको थियो । त्यसपछि अन्य कार्यक्रम थप भएका हुन् । एच र अप्थाम्लिक साइन्स २०८० मा सुरु गरिएका हुन् । आगामी शैक्षिक सत्रदेखि स्टाफ नर्स पठनपाठन गर्ने तयारी गरिएको छ ।

हाल शिक्षालयका सबै कार्यक्रममा ३ सय ७० विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये शिक्षालय स्थापनाको पहिलो चरणका विद्यार्थी फेज आउट हुन लागेका छन् । अप्थाम्लिक साइन्सको दोस्रो वर्षको पठनपाठन अहिले कैलालीको गेटास्थित गेटा आँखा अस्पतालमा भई रहेको छ ।

भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टले बैजनाथ माध्यमिक विद्यालयको भवन भाडामा लिएर शिक्षालय स्थापना गरेका हुन् । अहिले भीमदत्त नगर विकास समितिको जग्गामा शिक्षालय सञ्चालन गरिएको हो छ ।

शिक्षालय समितिमा भीमदत्तका मेयर अध्यक्ष हुने व्यवस्था छ । अहिले भीमदत्तका मेयर पदम बोगटी शिक्षालयका अध्यक्ष छन् ।

Himal dental
सम्बन्धित
Loading...