

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमीमा एलीबीए फेस्ट २०८१ आयोजना गरिएको छ । विद्यालयले बर्सेनी आयोजना गर्दै आएको फेस्ट अन्र्तगत विज्ञान प्रदर्शनी, कला तथा शिल्प, खाद्य महोत्सव र साँस्कृतिक कार्यक्रम गरिएका छन् ।
फेस्ट अन्र्तगत विज्ञान प्रर्दशनी र कला तथा शिल्पमा विद्यार्थी प्रतिस्पर्धा गरिएको छ । आधारभूतदेखि माध्यमिक तहसम्मका सबै विद्यार्थीले प्रतिस्पर्धामा भाग लिए ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले फेस्ट उद्घाटन गरे । नगर प्रमुख बोगटीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरियो । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्त र मझगाउँस्थित रुद्रध्वज गणका गणपति दिपक खड्का विशिष्ठ अतिथि थिए ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिह खत्रीले कार्यक्रमको अध्यक्षता गरे । विद्यालयमा अध्ययनरत सबै अढाई हजार बढी सबै विद्यार्थी फेस्टमा सहभागी भएका छन् । कार्यक्रममा विद्यार्थी बाहेक शिक्षक, कर्मचारी, अभिभावक सहित ५ हजार भन्दा बढी सहभागी भए ।
विद्यालयका प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थीहरुको अन्र्तनिहित क्षमता प्रस्फुटनका लागि विभिन्न विधामा विगतदेखि एलबीए फेस्ट आयोजना हुँदै आएको जानकारी दिए ।
फेस्ट अन्र्तगत २८ खाद्यका स्टल राखिए । कार्यक्रमका प्रमुख अतिथि भीमदत्तका मेयर बोगटी सहितले फुड स्टल सहित प्रर्दशनी, कला, साँस्कृतिक कार्यक्रम अवलोकन गरे ।
विज्ञान र कला तथा शिल्प प्रर्दशनी प्रतिस्पर्धामा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र सान्त्वनालाई १ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता विद्यार्थीलाई ८८ हजार नगद पुुरस्कार प्रदान गरिएको छ ।
