
महेन्द्रनगर । बेलौरी नगरपालिकामा हाल चर्चामा भएको विषय कर्मचारी छनौटको छ । नगरपलिकाले दुई पदमा करार सेवामा भएको कर्मचारी छनौटमा चलखेल भएको भन्दै आरोप लागिरहेको छ ।
माघ १० गते भएको सव ईन्जिनियर पद र माघ १९ गते भएको सहायक कम्युटर अपरेटर पदको छनौट प्रकियालाई लिएर बेलौरीमा आ –आफ्नो तर्क भईरहेको छ । एकैदिन लिखित र प्रयोगात्मक परिक्षा भई अन्तिम नतिजा सार्वजनिक गरिदा बेलौरीमा अधिकांशले बिरोध गरिहेका छन । केहिले भने पलिकाले प्रकियागत तवरले छानोैट गरिएको प्रति सन्तुष्ट छन ।
पलिकाको कर्मचारी नियुक्ति राजनैतिक भागबण्डामा गरिएको र जनप्रतिनिधहरुले आफ्नो मान्छे नियुक्ति गराउन चलखेल भएको सम्म बताईरहेका छन । पलिकामा भएको छनौट नतिजाले पनि शंका गराउन थप बल पुगेको छ ।
मंसिरको पहिलो साता करार सेवमा खोलिएको सब इन्जिनियर र सहायक कम्युटर अपरेटरमा ८ जना नायाँ कर्मचारी नियुक्तिका लागी सुचना खोलिएको थियो । दुबै पदमा १६५ जनाले आबेदन दिए ।
दुबै पदको परिक्षा ढिलो गरी माघ महिना सरु भयो ।परिक्षा ढिलो हुनुको कारण भने अहिलेसम्म बुझिएको छैन । सुचना खोलिदा प्रमुख प्रशासकिय अधिकृत थिए तारा दत्त अवस्थी । स्रोतका अनुसार उनको सेवा सकिन अन्तिम ५ महिना जति भएकोले उनि यस विवादमा मुछिन चाहेनन ।
संघिय कार्यालय बाटै नयाँ हाकिम आउने भएकोले उनले नियुक्ति प्रकिया नयाँ हाकिमले गर्ने भन्दै केहि समय रोके । पुसमा नयाँ प्रशासकिय अधिकृतका रुपमा गणेश ऐर पलिकामा आए । उनि आउने वित्तिकै कर्मचारी छनौट गरिने तयारी भएपनि कार्यपलिकाको अन्य कामले उनले पनि यो काम गर्न चाहेनन ।
सुचना खोलिएको समय लम्बिदै थियो । आबेदकहरु प्रतिक्षामा थिए परिक्षाको । प्रमुख प्रशासकिय अधिकृतले यसमा हात हल्न नचाहे पछि माघको पहिलो हप्ता कैलालीको बर्दगोरिया बाट बेलौरी मै कार्यरत झपिराज ओझालाई बेलौरी झिा्काइयो । अनि उनलाई थमाइयो निमित्त प्रमुखको जिम्मेवारी ।
प्रमुख प्रशासकिय अधिकृत ऐर घरयासी कामले बिदामा जाने भएकोले ओझाकै संयोजकत्वमा परिक्षा समिती बनाउदै यो कामबाट पंछिए प्रमुख प्रशाशकिय ऐर । ओझाको संयोजकत्वमा ३ जनाको परिक्षा समिती बनाइयो । समितीमा पलिकमा कार्यरत अशोक पाण्डेय ,श्याम राना लाई परिक्षा समितीमा राखियो ।
यहि समितीले माघ ७ गते सुचना जारी गर्दै आवेदक हरुको अन्तिम नामावली सार्वजनिक गरियो । जसमा १३ जना सब ईन्जिनियर र १२९ जना सहायक कम्युटर अपरेटरका लिखित परिक्षाका लागी नामावली भन्दै सुचना जारी गर्यो ,। तर एकै पटक खोलिएको विज्ञापन भएपनी परिक्षा समितीले दुबैको परिक्षा फरक समयमा राख्ने सहमति भयो ।
पहिलो परिक्षा सब ईन्जिनयरको राखियो । माघ १० गते सब ईन्जिनियर पदको परिक्षा भयो उक्त लिखित र प्रयोगात्मक परिक्षाको एकै दिन नतिजा निकाल्दै कर्मचारी छनौट भए । १ जनाको पदमा २ जनालाई बैकल्पिक मा राख्दै नतिजा निकालियो । सरोज सिंह विष्ट उक्त पदमा छनोट हुदा दुई जनालाई बैल्पिकमा राखियो । यसै दिन १९ गते सहायक कम्पयुटर पदको परिक्षा मिती पनि तोकियो ।
१९ माघमा शनिबारमा सहायक कम्युटर अपरेटर पदको परिक्षा बिहान भयो । उसै दिन एकै पटक सुचना जारी गर्दै राति १० बजे नगरपालिकाको बेबसाईटमा अन्तिम नतिजा प्रकाशित भयो । अचम्म के छ भने राती एकै पटक लिखित र प्रयोगात्मक परिक्षाको नतिजा निकाल्दै सुचना जारी भयो । तर सुचनामा ५ बजे प्रयोगातमक हुन्छ भनि भनियो ।
सहायक कम्युटर पदको अन्तिम ७मा पलिकाका पुरानै कर्मचरी दोहरिएका छन । पुरानै कर्मचारी दोहराउने भए किन परिक्षा गराएको भनि परिक्षार्थीहरुले बिरोध समेत गरिरहेका छन ।
