ghar sansar

बेदकोटको उदयदेब माविमा बन्दैछ ५ करोडको विद्यालय भवन

dirghayu ad

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित उदयदेव माध्यामिक विद्यालयमा ५ करोड लगानीमा भवन बन्ने भएको छ । भारतीय दुताबासले भवन बनाउन आर्थिक सहयोग गरेको छ ।

बेदकोट नगरका मेयर भोजराज बोहराले नगरका सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि पूर्वाधार निर्माण गर्न दुताबासमा उदयदेव मावि र शारदा मावि दुई विद्यालयको प्रस्तावना पेश गरिएको बताए ।

ratnam malkhad

‘हामीले दुई विद्यालयको प्रपोजल पेश गरेका थियौँ, ‘मेयर बोहराले भने, अहिले दुताबासले उदयदेबको प्रपोजल स्वीकार गरेको छ ।’ दुताबासको कुल बजेटको १० प्रतिशत नगरपालिकाले समेत हाल्ने मेयर बोहराले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाले यो प्रक्रियामा सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...