ghar sansar

कलौनीको गायब मोबाइल नजिक पुग्यो प्रहरी, अनुसन्धानका लागि एक जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर प्रहरी शनिबार मृत भेटिएका काँग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको गायब भएको मोबाइल नजिक पुगेको छ । मृत भेटिएका कलौनीसित एउटा मोबाइल नभेटिएपछि प्रहरीले खोजी थालेको थियो ।

कलौनीले दुई ओटा मोबाइल प्रयोग गर्दै आएका थिए । त्यसमध्ये एउटा टच मोबाइल खल्तीमा भेटिएको थियो । अर्को सानो मोबाइल उनीसित भेटिएका थिएन् ।

मोबाइल नभेटिएपछि खोजीमा जुटेको प्रहरी त्यस अघि पुगेको प्रहरी स्रोतको दावी छ । स्रोतका अनुसार प्रहरीले मोबाइल खोजीका क्रममा नियन्त्रणमा लिएका एक जनाबाट गायब गरिएको मोबाइल नजिक पुगेको हो । जिल्ला प्रहरी कार्यालयले खत्री थरका एक जनालाई मोबाइल गायब गरेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ ।

प्रहरी स्रोतका अनुसार गायब पारिएको मोबाइल भीमदत्त नगरपालिका १८ को कुनै पोखरीमा फालिएको जानकारी प्रहरीलाई गराइएको छ । अहिले प्रहरी ती पोखरीमा गएर मोबाइल खोजी गरि रहेको छ । अहिलेसम्म मोबाइल फालिएको पोखरी भेटिएको छैन । गायब मोबाइलबाट कलौनी मृत्यु प्रकरण अनुसन्धानका लागि सूचना उपलब्ध हुन सक्ने प्रहरी अपेक्षा छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले गायब भएको मोबाइल खोजी भई रहेको बताए ।

‘मोबाइल खोजी रहेका छौ, यसबारे शंकास्पद धेरै जनासित सोधपुछ गरि सकेका छौ, एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेका छौ’ उनले भने ।

काँग्रेस नगर सभापति कलौनी शनिबार भीमदत्त नगरपालिका १८ मामाभान्जा चोकमा कलौनी शनिबार मृत भेटिएका थिए ।

कलौनी मृत भेटिएपछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्द आफैं घट्नास्थल पुगेका थिए । सोही दिन गृहमन्त्री रमेश लेखकले महेन्द्रनगर आएको कलौनी मृत्युको छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

मामा भान्जा चोकस्थित स्थानीको घर अगाडि प्रवेशद्वार नजिक फुटपाथमा घोप्टो पारेको अवस्थामा उनी भेटिएका थिए । महाकाली प्रादेशिक अस्पतालबाट औषधि किनेर घर जाने क्रममा शुक्रबार राति ९ः३० बजे उनी वडा कार्यालय नजिक सडकमा सिसिटी फुटेजमा भेटिएको थिए ।

कलौनीको पोष्ट मार्टम रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले पोष्ट मार्टम रिपोर्टमा बाहिर र भित्री चोटपटक नदेखिएको बताए ।

भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो । रिपोर्टमा भित्री बाहिरी चोट नदेखिएको, तर ‘अक्लुजन’का कारण मृत्यु भएको हुन सक्ने सङ्केत गरेको छ ।

पोस्टमार्टमको रिपोर्टबाट मात्रै घटनाको तथ्य सार्वजनिक हुन नसकेपछि प्रहरीले मुटुको थप परीक्षण गर्ने तयारी गरेको छ । कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ ।

त्यस्तै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा भिसेरा परीक्षणको तयारी गरिएको छ। कलौनीले प्रयोग गर्दै आएको मोबाइल अझैसम्म प्रहरीले फेला पार्न सकेको छैन ।

Himal dental
सम्बन्धित
Loading...