ghar sansar

कञ्चनपुरमा ६ करोड ४२ लाख बजेटका २६ विद्यालय भवन निर्माणमा अन्यौल

आधा आर्थिक वर्षसम्म सुरु हुन सकेन काम, थप बजेट नआएसम्म ठेक्का खोल्न नसकिने

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारको ठेक्काबाट कार्यान्वयन गराउनु पर्ने निर्देशनले सामाजिक विकास कार्यालयका योजना निर्माण कार्य अघि बढ्न सकेको छैन ।

प्रदेश सरकारको निर्देशन अनुसार ठेक्का खोल्नका लागि बजेट अपुग भएपछि चालु आर्थिक वर्षको ६ महिनासम्म ठेक्का प्रक्रिया अघि बढाउन नसकिएको हो । सामाजिक विकास मन्त्रालयले स्वीकृत नक्सा अनुसार चालु आर्थिक वर्षका लागि दुई कोठे र चार कोठे भवनका लागि बजेट विनियोजन गरेको थियो ।

,orning glory badhai

प्रदेश सरकारले स्वीकृत नक्सा अनुसार विनियोजित बजेटबाट ठेक्का खोलेर कार्य सुरु गर्न सक्ने अवस्था नभएपछि अहिलेसम्म प्रक्रिया सुुरु गरिएको छैन । सामाजिक विकास कार्यालयले सामाजिक विकास मन्त्रालयलाई ठेक्काका लागि बजेट बढाउन वा ठेक्का बाहेक सार्वजनिक खरिद ऐनका अन्य प्रक्रिया अपनाएर समेत बजेट कार्यान्वयनका लागि स्वीकृत दिन पत्राचार गरेको छ ।

सामाजिक विकास कार्यालय अहिले मन्त्रालयको जवाफको आशमा छ । मन्त्रालयबाट जवाफ आएपछि योजना कार्यान्वयन अघि बढाउने कार्यालयको तयारी छ । गत वर्षसम्म विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिएर निर्माण समिति गठन गरी भवन निर्माण हुँदै आएको थियो ।

यस वर्ष सबै योजना ठेक्काबाट गराउने निर्णय गरिएपछि अहिलेसम्म ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन । कञ्चनपुरमा मात्रै २६ विद्यालयका दुई कोठे र चार कोठे भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । ती सबै विद्यालयका भवन बनाउन ६ करोड ४२ लाख बजेट छ ।

dirghayi clinic

सामाजिक विकास कार्यालयका अनुसार ठेक्का खोल्नका लागि थप ४ करोड बजेट चाहिने देखिएको छ । बजेट थप नभएसम्म ठेक्का खोल्न सकिने अवस्था नभएको सामाजिक विकास कार्यालयका प्रमुख गोपालदत्त जोशीले बताए ।

‘प्रदेश सरकारको बजेट कार्यान्वयन मार्गदर्शनका आधारमा ठेक्का खोलेर काम अघि बढाउाँदा बजेट अपुग छ, ठेक्का खोल्न बजेट पुग्दैन’ उनले भने,‘बजेट थप आएन भने सम्भव छैन, बजेट सुनिश्चित गर्ने ग्यारेन्टी भए मात्रै ठेक्कामा जान सकिन्छ ।’

कार्यालय प्रमुख जोशीले बजेट कार्यान्वयन मार्ग दर्शनका अनुसार सबै विद्यालयका भवनको लगत अनुमान तयार गरिएको जानकारी दिए । यस वर्षको जिल्ला दररेटका आधारमा लगत अनुमान तयार गर्दा ठेक्काका लागि विनियोजित बजेट अपुग भएको हो ।

‘भीमदत्त नगरपालिका १८ गोबरैयास्थित निङ्गलाशैनी माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माणका लागि यस वर्ष ३६ लाख बजेट विनियोजन गरिएको छ ।

मन्त्रालयले चार कोठे भवनको स्वीकृत नक्सा अनुसार यो बजेट विनियोजन गरेको थियो’ कार्यालय प्रमुख जोशीले भने, ‘बजेट कार्यान्वयन मार्ग दर्शन अनुसार जिल्ला दररेटका आधारमा लगत अनुमान तयार गर्दा निङ्गलाशैनी माविको चार कोठे भवनको रकम ६५ लाख पुगेको छ, अब यति बजेट नभएसम्म ठेक्का खोल्न सकिदैन, यो समस्या नै सबै भवनको हो ।’

कार्यालयले केही महिना अघि सामाजिक विकास मन्त्रालयमा ठेक्काका लागि लगत अनुमान तयार गरी पठाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...