ghar sansar

बेलौरीमा उद्घाटन नहुँदै लाइट बालिएपछि चर्कियो विवाद

khasi

महेन्द्रनगर । बेलौरी बजारमा जडान गरिएको स्मार्ट सडक बत्ति र हाइ मास्ट लाइट बालिएपछि विवाद मच्चिएको छ । आइतबारदेखि बेलौरी बजार स्थित संविधान चोक र तौला राना चोकदेखि खानेपानी चोकसम्म दुबैतर्फ जडान गरिएको बत्ती बालिएको विषयलाई लिएर विवाद मच्चिएको हो ।

कार्य सप्पन्न भएको तर औपचारिक उद्घाटन बिना बत्ति बालिएको विषयमा वडा अध्यक्ष र प्रदेश सासद विच बिवाद आएको हो । कञ्चनपुर क्षेत्र १ बाट प्रदेशसभा सदस्य दिवान सिंह विष्टबीच सडक बत्ति बालिएको बिषयमा कुरा बाझिएको हो ।

आइतबार बेलारी नगरपालिका–४ का अध्यक्ष अर्जुन ढकालले निर्माण सम्पन्न भइसकेका लाइटको स्विच अन गरे । तर यो औपचारिक उद्घाटन थिएन । बत्ति बल्छ कि बल्दैन चेकजाँच गर्न निर्माण कम्पनी खोजेको मात्र थियो । त्यो स्विच अन गर्ने काम मात्र अध्यक्ष ढकालले गरेका हुन् ।

dirghayi clinic

उज्यालो बेलौरी बजार बनेको एकाएक प्रचार भयो। हिजो बेलुका सडक बत्ति बाल्ने क्रममा बेलौरी नगरपालिका युवा संजालका अध्यक्ष बिष्णु अवस्थीलाई प्रदेश सांसद दिवान सिंह विष्टले ज्यान मार्ने धम्की दिएको आरोप लागाएका थिए । अवस्थीले हिजो राती करिब १३ मिनेटको फेसबुक लाइभमा यो घटना उल्लेख गरेका थिए ।

तर पछि आज बिहान हेर्दा उक्त भिडियो हटाएका छन्। उनले उक्त पोस्ट हटाएर बेलौरी नगरपालिका–४ का वडा अध्यक्ष अर्जुन ढकाललाइ ‘जनप्रतिनिधि भएर यसरी हामी जस्ता केही गरै भन्ने युवा लाइ हतियार बनाइ फसाउने भाग्ने वडा–४ अध्यक्ष मुर्दावाद’ लेखेका छन । यसबारे उनी सङ्ग बुझ्दा अवस्थिले लाइट बाल्न सङ्गै गएका पछि सासदले आफुमाथी दुर्ववहार गर्दा अध्यक्ष ढकाल कुनै प्रतिक्रिया नदिदिदै पछी राती पनि सम्पर्क गर्न खोज्दा फोन रिसिभ नगरेको बताए।

‘एकदिन अघि बत्ती बल्यो, हिजो नबलेपछि शिशिर दाइ र मैले अर्जुन दाइले फोन गर्यो, फोन गरेपछि वहाँ आउनुभो’ अवस्थिले भने ‘सबै ठाउको लाइट वहाँले नै बाल्नु भो, संविधा चोकमा बत्ति बल्दा माननिय आएपछि भाग्नु भो, अनि म फसे बिचमा’। उनी आफुलाइ केहि नभनी भाग्दा आफू प्रयोग भएको महसुस गरेको अवस्थीले बताए ।

उद्घाटन नै नभएको योजनामा कुनै आधिकारिक मानिस बिना लाइट बाल्दा सम्झाइबुझाइ मात्रै गरेको प्रदेश सासद विष्टले बताए ।

योजना सम्पन्न भएपनी हस्तान्तरण गरिएको छैन, अनि बिना उद्घाटन कसरी लाइट बाल्छ ? विष्टले भने ‘सबैको प्रक्रिया हुन्छ, २÷३ केटाकेटी लिएर वडा अध्यक्षले स्टन्न्ट देखाउनु ठिक हैन ।’ सासद विष्टले भने ‘ बिजुली बिभाग बाट मान्छे छैन, न ठेकेदारको मान्छे छ, करेन्ट लग्यो भने को जिम्मेवार हुन्छ?’

Himal dental
सम्बन्धित
Loading...