ghar sansar

भीमदत्तको महेन्द्रनगरपछि दोधारा चाँदनीमा पनि विकासको यस्तो मोडेल

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको विकासको मोडल दोधारा चाँदनीसम्म पुगेको पाइएको छ । महेन्द्रनगर बजारमा एशियाली विकास बैैंक(एडीबी) अनुदान सहयोगको क्षेत्रीय सहरी विकास योजनाको आधुनिक सडकमा निर्माणमा यस्तो मोडेलले चर्चा पाएको थियो ।

एडिबी अनुदान सहयोग अन्र्तगत निर्माणाधिन आधुनिक सडक निर्माण कार्य विद्युत र टेलिफोनका लाइन नहटाई गरिएको छ । दुई वर्ष अघि सुरु सडक निर्माण कार्य कालोपत्रे भएर सकिन लाग्दासम्म विद्युत र टेलिफोनमा लाइन सडकमा छाडिएका छन् ।

ratnam malkhad

ती दुबै संरचनालाई यथावत राखेर महेन्द्रनगरमा एडिबी अनुदानको सहयोग निर्माण कार्य जारी छ । केही दिन अघि मात्रै सडकमा छाडिएका ती संरचना हटाउन थालिएको थियो । सडकबाट विद्युत र टेलिफोनका पोल उखेलिएका छन् । ती पोल अझै सडकमा छन् । बजारका वासिन्दाले ती पोल हटाउन माग गर्दै आएका छन् ।

यस्तै सडक कालोपत्रेको मोडल दोधारा चाँदनी नगरपालिकामा बाहिर आएको छ । दोधारा चाँदनी नगरपालिका ४ नम्बर वडामा विद्युतको खम्बा नहटाई सडक कालोपत्रे गरिएको सडकको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा विरोध भएपछि ४ नम्बर वडा अध्यक्ष भक्त बहादुर सुनारले त्यसलाई हटाउने सक्रियता लिएको स्थानीय बताउँछन् ।

प्राविधिकहरु साइट क्लियर नगरी निर्माण कार्य अघि बढाएकाले कालोपत्रे गरी निर्माण कार्य सकिएका सडकमा संरचना यथावत रहेको बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...