
रिङौना खेल मैदानमा भोलिदेखि नरेन्द्र रावत स्मृति वडा स्तरिय पुरुष भलिवल प्रगियोगिता, पूर्व मन्त्री रावलले उद्घाटन गर्ने


महेन्द्रनगर । भीमदत्त नगरपालिका –९ मा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । श्री रिङौना खेलकुद संवद्र्धन तथा संरक्षण समितिको आयोजनामा फाल्गुन ५ गते सोमबार देखि स्वर्गिय नरेन्द्र रावत स्मृति वडा स्तरिय पुरुष भलिवल प्रगियोगिता हुने भएको हो ।
भीमदत्त नगरपालिका –९ रिङौना खेल मैदानमा फाल्गुन ५ गते सोमबार बिहान १२ बजे वर्गिय नरेन्द्र रावत स्मृति वडा स्तरिय भलिबल प्रगियोगिता उद्घाटन गरिने समितिका अध्यक्ष मान सिंह रावतले बताए ।

उनले फाल्गुन ४ गते आईतबार सम्म टिम दर्ताको समय रहेकोमा प्रतियोगितामा भीमदत्तनगरपालिकाका १० बटा टिमहरुले टिम दर्ता गराएको बताए ।
खेलमा भीमदत्त नगरपालिका १ , वडा नम्बर ५, वडा नम्बर ९ (ए), वडा नम्बर ९ (बि), वडा नम्बर १० (ए), वडा नम्बर १० (बि), वडा नम्बर ११, वडा नम्बर १६, वडा नम्बर १७ र वडा नम्बर १८ का टिम सहभागी हुन लागेका छन् ।
खेलहरु एफबिआईको नियम अनुसार खेलाईने र लिग खेलहरु वेष्ट अफ थ्रिका आधारमा खेलाईने अध्यक्ष रावतले बताए । श्री रिङौना खेलकुद सम्वद्र्धन तथा संरक्षण समितिको आयोजनामा हुने स्वर्गिय नरेन्द्र रावत स्मृति बडा स्तरिय भलिवल प्रगियोगितामा प्रथम हुनेलाई ५१ हजार पुरुस्कार र द्वितिय हुनेलाई २६ हजार पुरुस्कार र तृतिय हुनेलाई १५ हजार पुरुस्कार प्रदान गरिने भएको छ ।
अन्य ६ बटा विधामा समेत पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता उद्घाटन सुदूरपश्चिमका प्रदेश सभा सदस्य तथा पुर्वमन्त्रि प्रकाश रावलले गर्ने कार्यक्रम रहेको अध्यक्ष रावतले बताए ।
