
दोधारा चाँदनीमा नगर प्रहरी भर्नाले मच्चियो लफडा , सत्ता साझेदार सहित प्रतिपक्षीले गरे कार्यपालिका बैठक बहिस्कार

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा सत्ता साझेदार काँग्रेस सहित प्रतिपक्षी दलले कार्यपालिका बैठक बहिस्कार गरेका छन् । नगर प्रहरी भर्ना छनौटमा आर्थिक अनियमितताको आरोप आएपछि कार्यपालिका सदस्यले सोमबार बैठक बहिस्कार गरेका छन् ।
दोधारा चाँदनी कार्यपालिकाका सदस्य काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पाटीका सदस्यले बैठक बहिस्कार गरेका हुन् । दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशीले मेयरले हरेक बैठकमा एकलौटी गर्न खोजेपछि आफुहरु बैठकमै नगरेर बहिस्कार गरेको बताईन ।

‘हामीहरु ५का वडाध्यक्ष केशव खत्रीकै घरमा बसेर आजको बैठकमा नजाने बहिस्कार गर्ने मौखिक छलफल गरेर सहभागि भएनौँ, ‘उनले भनिन, ‘मैले उतिबेला नै मेयरसंग सानो नगरपालिका छ, प्रहरी किन भर्ना गर्नुप¥यो, उनीहरुलाई भर्ना गरेपछि तलबदेखि सबै सुविधा दिनुपर्छ भनेर भने, मेयरले रोयल्टीकै पैशा छदैछ भनेर यो प्रक्रिया अघि बढाएर अहिले समाजिक सञ्जालहरुमा नगर प्रहरी भर्ना बाफत १÷१लाख रुपैया लिएको विषय आईरहेको छ, त्यसमा लिनेमाथि छानबिन मात्रै होईन कार्बाही होस, यसरी सबै जनप्रतिनिधीको बदनाम गर्न मिल्दैन ।’
मेयरका ३, उपमेयरका २ र बाँकी १०कै वडाध्यक्षका १÷१ नगर प्रहरी भागबण्डा गरियो भनेर आएको समाजिक सञ्जालको आरोपमा आफु अचम्मित भएको बताईन ।
दोधाराचाँदनी नगरपालिका ४ वडाध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्रका नेता झक्त बहादुर सुनारले मेयर किशोर कुमार लिम्बुले एकलौनी मनोमानी गर्ने र वडातहबाट जनताले माग्ने विकास निर्माण कार्यपालिकामा राख्दा अस्वीकार गर्ने, आफुलाई मन परेका योजनामा बजेट दिने, नगर प्रहरी भर्नामा लाखौँ खाएको आरोपदेखि मापदण्ड विपरित क्रसर उद्योग संचालन गर्न दिएर जनतामाथि अन्याय गरेपछि बैठक बहिस्कार गरेको बताए ।
दोधाराचाँदनी ५ का वडाध्यक्ष समेत रहेका राप्रपा नेता केशव खत्रीले कार्यपालिका नेतृत्व जनताको हित भन्दा पाटीको हितमा लागेको भन्दै बैठक बहिस्कार गरेको बताए ।
‘हाम्रो नेतृत्वले पाटीको हितमा काम गर्न थाल्यो, हामीलाई साचि बनाएर नगरमा धेरै बेथिति बढ्न थाले पछिल्लो समय नगर प्रहरी भर्नामा अनियमितताको विषय बाहिरिनेदेखि केही अमुख ठेकेदारलाई मापदण्ड विपरित क्रसर उद्योग बनाउन दिने काम भयो, ‘उनले भने, ‘यस्ता गैर कानुनी काममा हामीहरु किन साची बस्ने भन्दै बैठक बहिस्कार गरेका छौँ ।’
