ghar sansar

दोधारा चाँदनीको नगर प्रहरी भर्ना लेनदेन आरोपमा एमालेले देखायो चासो, मेयर सहित वडा अध्यक्षसित सोधपुछ

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाको नगर प्रहरी भर्नामा आर्थिक लेनदने गरिएको आरोप लागेपछि नेकपा एमालेले चासो देखाएको छ । एमालेले मेयर किशोर कुमार लिम्बु सहित वडा अध्यक्षहरुसित आरोपबारे सोधपुछ गरेको छ ।

एमाले दोधारा चाँदनी नगर इन्चार्ज गगन खत्रीले नगर प्रहरी भर्नामा आर्थिक लेनदेखनको आरोप लागेपछि मेयर सहित वडा अध्यक्षलाई सोधपुछ गरिएको बताए ।

Anant bahu travels

‘यो आरोप बाहिर आयो, यो आरोव गम्भीर पनि हो, त्यस कारण पार्टीले यसमा सरोकार राख्छ’ इन्चार्ज खत्रीले भने, ‘यसबारे के भएको हो भनेर पार्टीले मेयर साप सहित वडा अध्यक्ष, विशेष गरी एमालेबाट निर्वाचित वडा अध्यक्षज्यूहरुसित सोधपुछ गरिएको छ।’

मेयर लिम्बुले इन्चार्ज खत्री सहित नेतासित नगर प्रहरी भर्नामा आर्थिक लेनदेन गरिएको आरोप अस्वीकार गरेका छन् । ‘यो खाली आरोप हो, यसमा कुनै लेनदेन भएको छैन भनेर मेयर सापले भन्नु भयो; इन्चार्ज खत्रीले भने ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिका नगर प्रहरी सहायक निरीक्षक सहित १५ जना नगर प्रहरी भर्ना गरिएका छन् । त्यसमा प्रति जना एक लाखका दरले रकम अशुल गरिएको आरोप सामाजिक सञ्जालमा व्यापक रुपमा लागेको छ । आरोप लगाउनेमा एमालेका नेता कार्यकर्ता पनि छन् ।

मेयर लिम्बु २०७९ मा एमालेबाट निर्वाचित भएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट नगर प्रहरी भर्ना सम्बन्धि स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘नगर प्रहरीमा १५ जनाले जागिर पाउँदा २÷४ जनाले टाउको दुखाउनु पर्दैन । किन की निर्वाचनमा हारिन्छ । म पनि हारेकै हो । मैले पनि हराउन खोजे कै हो । तर सकीन र आफै हारे । सधै भरी जितिदैन । हारेर पनि तपाईहरू जति ईगो पालेर बसिन । नत कुनै बिरोध र आन्दोलन मै सहभागी भए म । अब जीते पछि त मेरो काम यस्तै हुने हो । कुनै विकासको लागि आएको पैसा खर्च गरेर १५ जनालाई जाजीर खिलाएको होईन । जोगुडा नदिमा २०७८ साल सम्म बगेर गएको रोयल्टीको पैसा उठाएर नगरको विकास र जनताको सेवाको लागि नगर प्रहरी भर्ना गरिएको हो ।’

दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र विदा बसेका बेला नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको थियो । नगरपालिकाका तत्कालिन निमित्त प्रमुख हरिदत्त जोशीले विज्ञापन गरी भर्ना प्रक्रिया अघि बढाएका थिए ।

दोधारा चाँदनी नगरपालिकाले नगर सभाबाट नगर प्रहरी भर्ना गर्ने निर्णय गरेको थियो । त्यस आधारमा गत कार्तिकमा नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...