ghar sansar

आयोजकलाई नै एलबीए टी २० क्रिकेट कप उपाधि, होली फेमली बन्यो उप विजेता

dirghayu ad

महेन्द्रनगर । कबर्ड हलमा सञ्चालित एलबीए टी २० क्रिकेट कपको उपाधि आयोजक लिटिल बुद्ध एकेडेमीले जितेको छ । मंगलबार फाइनल खेलमा होली फेमली इङ्गशिल मिडियम स्कुललाई ११४ रनले हराउँदै लिटिल बुद्धले उपाधि हात पारेको छ ।

फाइलन जितेसंगै लिटिल बुद्ध एकेडेमीले नगद १ लाख १५ हजार सहित ट्रफी हात पारेको छ । उप विजेता होली फेमलीले नगद ६० हजार सहित ट्रफी जित्यो ।

ratnam malkhad

फाइनल खेलमा टस जितेर बलिङ्ग रोजेको लिटिल बुद्धले निर्धारित ओभरमा २२२ रन बनाएको थियो । २२३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको होली फेमली हेमली निर्धारित ओभरमा सबै बिकेर गुमाएर १०९ रन जोड्यो ।

प्रतियोगितामा लिटिल बुद्धका प्रेम ठकुराठी वेष्ट बलर, पुकार चन्द वेष्ट ब्याटर र निराजन गौतम प्लेयर अफ टुर्नामेन्ट भएका छन् । यसैगरी उप विजेता होली फेमलीका विपिन पाल इमर्जिङ्ग प्लेयर भएका छन् ।

उनीहरु सबैलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्लेयर अफ टुर्नामेन्ट गौतमलाई नगद ५ हजार र अन्य सबैलाई २ लाख ५ सय पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिताका विजेता र उप विजेता दुबै टीमलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरे ।

क्यान अध्यक्ष चन्दको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरियो । कार्यक्रममा क्यान कञ्चनपुरका अध्यक्ष विरेन्द्र बहादुर चन्द, मन्त्र हस्पिटलका निर्देशक डा. गोबिन्द रोकायालाई सम्मान गरिएको छ ।

मन्त्र हस्पिटलले प्रतियोगितामा हेल्प डेस्क राखेर सहयोग गरेको हो । कैलाली र कञ्चनपुरका विभिन्न विद्यालयका १६ टीम प्रतियोगितामा सहभागी भएका छन् ।

समापन कार्यक्रमका प्रमुख अतिथि क्यान अध्यक्ष चन्दले अहिले क्रिकेटमा आकर्षण बढेको उल्लेख गर्दै सबैको सकारात्मक सोचले नेपाली क्रिकेट गति लिन सक्ने अवस्थामा पुगेको बताए ।

‘पोजिटिभ सोचले नेपाली क्रिकेट माथि जान सक्छ,’ उनले भने,‘अहिले क्रिकेटले चर्चा पाएको छ, यसको लेभल बढेको छ, यति मात्रै होइन आकर्षण पनि बढेको छ, युवा युवती सबैको आकर्षण बढेको छ ।’

अध्यक्ष चन्दले क्यानको एक्लो प्रयासले मात्रै क्रिकेट खेलको विकास सम्भव नभएको उल्लेख गरे । लिटिल बुद्धले २१ दिन लामो प्रतियोगिता आयोजना गरी खेल क्षेत्रमा पुगाएको योगदानको उनले प्रशंसा गरे ।

अण्डर १६ क्रिकेट प्रतियोगिताका लागि बैशाखदेखि तयारी थालिने अध्यक्ष चन्दले जानकारी दिए । विद्यालय स्तरीय प्रतियोगिताबाट खेलाडी छनौट गरिने उनको भनाई थियो ।

अध्यक्ष चन्दले नेपालका क्रिकेट खेलाडी वार्षिक रुपमा ५० कमाउने सक्ने हैसियतमा पुगेको बताए । ‘अहिले राम्रा १०÷१२ खेलाडीले वार्षिक ५० लाख कमाउँछन्, यसबाट क्रिकेटर खेलेर पनि राम्रै कमाउन सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ’ उनले भने ।

क्रिकेट खेलको विकास र विस्तार अनुसार सरकारले पूर्वाधार बनाउन नसक्दा समस्या परेको अध्यक्ष चन्दले बताए ।

‘सरकारले गतिलो पूर्वाधार बनाउन सकेको छैन, यही कबर्ड हलमा पनि प्रतियोगिता सकिने बित्तिक्कै पिचमा मोटरसाइकल सिक्न आउँछन् होला’ उनले भने,‘यो हिसाबले हुँदैन ।’

अध्यक्ष चन्दले कबर्ड हलका पिच भन्दा सुदूरपश्चिमका पहाडी जिल्लामा राम्रो पिच बनेको उल्लेख गरे । उनले कबर्ड हलमा क्रिकेट पिच बनाउन छिटो रकम निकासा गरिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा लिलिट बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले स्थापनादेखि विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको र यसलाई निरन्तरता दिने बताए ।

उनले विद्यालयले भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । मौनी कञ्चनपुुर जिल्ला भलिबल संघका अध्यक्ष हुन् । लिटिल बुद्ध १८ वर्ष अघि स्थापना गरिएको थियो ।

मौनीले क्रिकेट प्रतियोगिताको पुरस्कार राशी समेत बढाउने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र सिह खत्रीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट, कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट, एन प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष बीर बहादुर चन्द, क्यान केन्द्रीय सदस्य विरेन्द्र चन्द, क्रिकेट सुदूरपश्चिम सचिव लक्ष्मणदत्त भट्ट लगायत खेलाडी, विद्यार्थी, प्रशिक्षक लगायत सहभागी भएका छन् ।

       

Himal dental
सम्बन्धित
Loading...