ghar sansar

करार कर्मचारीलाई स्थायी बनाउने दिवान विष्टको विधेयकले मुख्यमन्त्रीलाई टेन्सन

little buddha academy
khasi

महेन्द्रनगर । आन्दोलनमा उत्रिएका विद्यार्थी र मुख्यमन्त्री बिचको बार्ता बिना निष्कर्ष टुङ्गिएको छ । सुदूरपश्चिम सरकारले स्थानीय तहका करारका कर्मचारीलाई स्थायी गर्न विशेष व्यवस्था सहित विधेयक मस्यौदा गरेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीहरू सँग मुख्यमन्त्री कमल बहादुर शाहको वार्ता बिना निष्कषै नै टुङ्गिएको छ। शनिवार आन्दोलनरत विद्यार्थी र मुख्यमन्त्री शाहका बिच बिधेयकका सन्दर्भमा बार्ता भएको थियो ।

dirghayi clinic

मुख्यमन्त्रीले कुनै पनि लिखित सहमति नगर्ने भएपछि बार्ता निष्कर्ष बिहिन बनेको बताइएको छ । मुख्यमन्त्रीले आफूहरूलाई मौखिक वार्ता गरेर समस्या सुल्झाउने मूर्खतापूर्ण अभिव्यक्ति दिँदा मुख्यमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएको विद्यार्थीहरुले बताएका छन । बार्ता निष्कर्ष बिहिन बनेपछी विद्यार्थीहरु झन आन्दोलित भएका छन् ।

,orning glory badhai

उनिहरुले आन्दोलनमा मुख्यमन्त्री मुर्दावाद, प्रदेश सरकार मुर्दावाद, कार्यकर्ता भर्ती गर्ने काम बन्द गर, विधेयक खारेज गर लगायतका नारा लगाइरहेका छन। आफूहरूको माग सम्बोधन नगर्दासम्म आन्दोलन जारी रहने र यो आन्दोलनले थप उग्र रूप लिने उनिहरूको भनाइ छ ।

प्रदेश सरकारले सो विधेयक ड्राफ्ट गरेपछि पक्ष र विपक्षमा आन्दोलन चर्किदैछन ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ मा अस्थायी तथा करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी गर्न सहज कानुनी प्रबन्ध गर्न लागिएको भन्दै विद्यार्थी सङ्गठनहरूले विरोध गरिरहँदा करारका कर्मचारी पनि आन्दोलित भएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...