ghar sansar

विपद प्रतिकार्य योजनामा जुट्न जरुरी –मन्त्री सार्की

dirghayu ad

भुवन भट्ट
महेन्द्रनगर । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्कीले विपद प्रतिकार्य योजनामा जुट्न जरुरी रहेको बताएका छन् ।

कैलालीको अत्तरियामा आयोजित विश्व हिमनदी, जल र मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शार्कीले विपद जन्य घटनाले ठूलो मानवियतथा धनजनको क्षती गर्दै आएकोमा सबै मिलेर विपद प्रतिकार्य योजनामा सरिक हुनुपर्ने बताउनुभएको हो ।

ratnam malkhad

मन्त्री शार्कीले भने ’विपदको कुनै निश्चित समय हुदैन, यसमा सरोकारवाला निकायले संमितभएर लाग्न जरुरी छ, विपदजन्य घटना न्यूनीकरणमा तीनै तहका सरकारले नतिजाउन्मुख कार्यगर्नु पर्ने र प्रदेश सरकारपनि यसमा खटिने मन्त्री शार्कीले प्रतिबद्धता जनाए ।

आइतबार कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले पानी पिएर कार्यक्रमको उद्घाटन भएको थियो । मन्त्री हिरा शार्कीले विपदजन्य घटनाबाट जोगिन विभागको सूचनामा भरपर्नुपर्ने पनि बताए ।

मन्त्री शार्कीले ठुला शक्ति राष्ट्रहरु विपदबाट जुधिरहेका र क्षती कम गर्न पुर्वतयारीका कार्यक्रम गर्न जरुरी रहेको बताए । धनगढी उपमहानगरपालिकाका मेयर गोगन हमालले हिम नदी र जलाधार क्षेत्रमा उचित तरिकाले लाग्नुपर्नेमा जोड दिए । संरचनालाई बलियो बनाउन व्यक्ति विषेशबाट मात्रै सम्भव नहुने हुँदा सस्थागत सुदृढीकरण हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले यस वर्ष दोधारा चाँदनीमा ६२४ मिलिमिटर वर्षामापन गरिएको र जुन हालसम्मकै अत्याधिक वर्षा पनि भएको बताए । सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरागर्न सके विपद जन्य घटनाबाट जोगिने उनले बताए ।

जल, मौसममा आउने आमूल परिवर्तन र त्यसको पुर्व जानकारीका लागि आम नागरिकलाई समयमै सूचना पुगाउन मौसम विज्ञानका क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरुले सहि सूचना संकलन गरि विपद बाट जोगिन समयमै नागरिकलाई सचेत तुल्याउन उचित भुमिका खेल्नुपर्ने उनले बताए ।

आइतबार कार्यक्रममा हिमनदीहरुमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धि डा. भुमिराज बुढाथोकीले प्रस्तुतिकरण गरे । यस्तै , कन्चनपुरको दोधाराचादनी नगरपालिकाको गत मनसुनको असल अभ्यास सम्बन्धि सुदृढ परियोजना संयोजक राजकुमार सुनारको प्रस्तुतीकरण रहेको थियो ।

साथै, विपद व्यवस्थापनमा असल अभ्यास सम्बन्धि निड्सनेपालका इश्वर उपाध्यायले प्रस्तुतिकरण गरे । यस्तै कार्यक्रममा समुदाय र समुदायमा आधारित पूर्वसूचना प्रणालीमा विपद् पूर्वतयारी गतिविधि सम्बन्धि प्रस्तुतीकरण गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...