

महेन्द्रनगर । नेपाल बुद्धिजीवि रिषद कञ्चनपुरको अध्यक्षमा भवराज रेग्मी चयन भएका छन् । सोमबार सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मीसहित १३ सदस्यीय समिति चयन गरिएको छ ।

परिषद्को उपाध्यक्षमा गिरिशादेव भट्ट , सचिव धर्मानन्द भट्ट , सह–सचिव बिन्देश्वरी चन्द, कर्ण बहादुर रोकाया, कोषाध्यक्षमा कामेश जोशी चयन भएका छन् । समितिमा नवराज भट्ट ,गङ्गा प्रसाद रिजाल, जनक बहादुर बिष्ट ,राम आश्रय राना, सरस्वती चन्द र दीर्घ राज घिमिरे सदस्य छन् ।
एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पालले अधिवेशन उद्घाटन गरेकी थिइन् ।
