ghar sansar

‘खोकी न सोकी क्षयरोग पो होकी’ सम्झेर गराऔं समयमै जाँच

khasi

महेन्द्रनगर । विश्व क्षयरोग रोकथाम दिवसको अवसर पारी बेदकोट नगरपालिकाको सहयोगमा सहयोगी हातहरु नेपालले सडक नाटक प्रदर्शन गरेको छ ।

dirghayi clinic

खोकी न सोकी क्षयरोग पो होकि सम्झेर सबै खोकी लागेकाहरुले खकार जाँच गराउन पर्ने , नजिकको स्वास्थ्य संस्थामा खकार जाँच निःशुल्क हुने र औषधि पनि निःशुुल्क हुने जानकारी गराइएको छ ।

नियमित औषधि सेवन गरे ६ महिनामा बिरामी सञ्चो हुने र खान छोडे रोग बल्झेर कडा खालको औषधि प्रतिरोधि टिबि हुने एक वर्षमा पुरानो रोगीले १० जना नयाँ रोगी थप्न सक्ने भएकाले सबैको समयमै उपचार गराउन सन्देश दिइएको छ ।

कार्यक्रममा पम्प्लेट पनि वितरण गरिएको छ । सडक नाटक सञ्चालन सहयोगी हातहरु नेपालका ईश्वर राज पन्तले गरेका थिए । बेदकोट नगरपालिकाका उप मेयर तुलसी जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्द्राज भट्ट लगायतले समुदायममा विरामी खोजेर स्वास्थ्य संस्थामा पठाई दिन आग्रह गरे ।

Himal dental
सम्बन्धित
Loading...