

गिता पाल
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा चैत २७ गते स्वतत्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १० संगठनले दर्ता गराएका छन् ।
विश्वविद्यालय केन्द्रीय कार्यालयको निर्वाचन अधिकृत कार्यालयमा विद्यार्थी संगठन र स्वतन्त्र समूहले निर्वाचनका लागि संगठन दर्ता गराएको हो । स्ववियु निर्वाचन समितिको चुनावी कार्य तालिका अनुसार संगठन दर्ता गरिएका छन् ।
संगठन दर्ता नभएका संगठन र स्वतन्त्र समूहले चुनावमा प्रतिस्पर्धा गर्न पाउँदैन । चुनाव प्रतिस्पर्धामा सत्तारुढ काँग्रेस एमाले सहित राजनीति दलका विद्यार्थी संगठन छन् ।

केन्द्रीय कार्यालययमा विद्यार्थी संगठनको उम्मेदवार दर्ताले उल्लासमय वातावरण देखियो ।
निर्वाचन कार्यालयका अनुसार नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )संयुक्त विद्यार्थी समुह , नेपाल विद्यार्थी समुह , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन , राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठन स्वतन्त्र विद्यार्थी आवाज , अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बहुमत समूह तथा संगठन दर्ता गराएको छ ।
चैत्र २६गते सुदूरपश्चिम विश्वविद्यालयमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन तालिका प्रकाशित गरेको थियो ।
त्यस अनुसार चैत्र १२ संगठन दर्ता कार्यक्रम गरिएका छन् । यसैगरी चैत्र १४ मतदाता सूचि प्रकाशित ,१५मतदाता सुचि उपर दाबी विरोध ,१६मतदाता सुचि उपर छानबिन गरी अन्तिम नामावली प्रकाशित ,१७उम्मेदवारीका लागि मनोनयन पत्र वितरण ,१८उम्मेदवारी दर्ता र उम्मेदवारीको नामावली प्रकाशन , १९उम्मेदवारी उपर दाबी विरोध ,१९ मा नै उम्मेदवारी उपरको दाबी विरोधको छानबिन ,२०गते १०देखि दिउँसो १बजेसम्म उम्मेदवारी फिर्ता लिने समय, २१ दिउँसो १बजे उम्मेदवारीका अन्तिम नामावली प्रकाशन ,२७बिहान ८बजेदेखि बेलुकी ४बजेसम्म मतदान कार्यक्रम रहेको छ ।
(प्रशिक्षार्थी पत्रकार)
