

तुलसी चन्द
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको चहलपहल सुरु भएको छ । विश्वविद्यालयमा चैत २७ गते निर्वाचन हुन लागेको छ । त्यसका लागि विद्यार्थी संगठन र समूहले निर्वाचन कार्यालयमा संगठन दर्ता गराएका छन् ।
स्ववियु निर्वाचन कार्यालयका अनुसार कार्य तालिका अनुसार संगठन दर्ता गरिएको छ । निर्वाचन कार्यालयको सार्वजनिक निर्वाचन कार्य तालिका अनुसार चैत्र १२ सङगठन दर्ता कार्यक्रम राखिएको थियो । त्यस अनुसार विद्यार्थी संगठन र स्वतन्त्र रुपमा चुनावका लागि दर्ता गरिएका छन् ।

निर्वाचन कार्यालयले चैत १४ गते मतदाता नामावली सार्वजनिक गर्ने कार्य तालिका छ । त्यसपछि १५ गते मतदाता सूचि उपर दाबी विरोध ,१६ गते मतदाता सूचि उपर छानबिन गरी अन्तिम नामावली प्रकाशित ,१७ गते उम्मेदवारीका लागि मनोनयन पत्र वितरण ,१८ उम्मेदवारी दर्ता र उम्मेदवारीको नामावली प्रकाशन , १९ गते उम्मेदवारी उपर दाबी विरोध , १९ गते नै उम्मेदवारीमाथि दाबी विरोध र छानबिन ,२० गते १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय, २१ दिउँसो १ बजे उम्मेदवारीका अन्तिम नामावली प्रकाशन ,२७ गते बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।
निर्वाचन कार्यालयका अनुसार नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )संयुक्त विद्यार्थी समुह , नेपाल विद्यार्थी समुह , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन , राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठन स्वतन्त्र विद्यार्थी आवाज , अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बहुमत समूह तथा संगठन दर्ता गराएको छ ।
चैत्र २६गते सुदूरपश्चिम विश्वविद्यालयमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन तालिका प्रकाशित गरेको थियो ।
(प्रशिक्षार्थी पत्रकार)
