

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले कैलालीको धनगढीस्थित मानव सेवा आश्रमलाई सहयोग गरेको छ । वडा कार्यालयले बुधबार आश्रमलाई नगद २५ हजार सहयोग गरेको छ ।

वडा कार्यालयमा आश्रमलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले आश्रमका आदर्श ढकालाई सहयोग रकम हस्तान्तरण गरे । रकम हस्तान्तरणपछि वडा अध्यक्ष देबकोटाले आश्रम सञ्चालनमा टेवा पुगाउने उद्देश्यले सहयोग गरिएको बताए ।
आश्रममा भीनपा १८ का ५ जना आश्रय लिँदै आएका छन् । ‘यो वडामा ५ जना आश्रम बस्नु भएको छ, आश्रम हामी सबैको हो, यसलाई सञ्चालन गर्न थोरै हदसम्म भए पनि सहयोग पुगोस भनेर सहयोग गरिएको हो’ वडा अध्यक्ष देबकोटाले भने ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष देबकोटा सहित भीमदत्त नगर कार्यपालिका सदस्य सीता भण्डारी, वडा सदस्य हेम बस्नेत र वडा सचिव दिनेशराज भट्ट लगायत सहभागी भएका छन् ।
