ghar sansar

दोधारा चाँदनीको १ नम्बर वडाका किसानलाई बाँडियो मौसमी तथा बेमौसमी तरकारी बीऊ

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा कृषक समूहलाई मौसमी तथा बेमौसमी तरकारी बीउ वितरण गरिएको छ । वडा कार्यालयले कृषक समूहलाई करेला बैगन, भिण्डी, लौका, खुर्सानी, फर्सी, तोरया, बोडी लगायतका उन्नत जातका बीउ वितरण गरेको छ ।

वडा अध्यक्ष बिक्रम बहादुर चन्दले बिऊ वितरण गरे । उनले किसानहरूको उत्पादन वृद्धि गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

,orning glory badhai
dirghayi clinic

कृषक समूहलाई संगठित गर्दै आधुनिक प्रविधि अपनाउने अवसर दिन सकिए कृषि उत्पादनमा गुणात्मक सुधार आउने वडा अध्यक्ष चन्दले विश्वास व्यक्त गरे ।

कृषक समूहका प्रतिनिधिहरूले वडा कार्यालयको यस सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आयआर्जनमा योगदान पुर्याउने लक्ष्य रहेको बताए ।

उनीहरूले यस्ता योजनाले स्थानीय बजारको माग पूर्ति गर्दै किसानहरूको आर्थिक स्थितिमा सुधार ल्याउने विश्वास समेत व्यक्त गरे। यस कार्यक्रमले कृषक समूहहरूलाई संगठित गर्दै स्थानीय स्तरमा कृषि क्षेत्रको मजबुतीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Himal dental
सम्बन्धित
Loading...