ghar sansar

सुदूरपश्चिममा यसरी हुँदैछ सम्मेलन तयारी

khasi

धनगढी । सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्व तयारी तीब्र रुपमा चलिरहेको छ । तयारीकै क्रममा आगामी २७ गते प्रि सम्मेलन हुँदैछ । मूल आयोजक लगायत बिभिन्न समिति गठन गरी तयारी थालिएको हो ।

त्यसै क्रममा पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलको संयोजकत्वमा गठित समन्वय तथा सहजिकरण समितिको बैठक बुधबार आन्तरिक मामिला मन्त्रालयको सभाकक्षमा सम्पन्न भयो ।

western public academy

बैठकमा सम्मेलन आयोजना गर्नुको औचित्य, आवश्यकता र महत्वका बारेमा छलफल गरिएको छ । समितिको कर्तब्य र जिम्मेवारीका बारेमा समेत सदस्यहरुलाई जानकारी दिइएको छ ।

dirhayu

समितिका संयोजक रावलका अनुसार सम्मेलन आयोजना सम्बन्धमा बिभिन्न पक्षहरु बीच समन्वय र सहजिकरण गर्ने तथा राजनीतिक वातावरण बनाउन तीन वटा समूह बनाएर प्रदेशका ९ वटै जिल्लामा अन्र्तक्रिया गर्ने निर्णय बैठकले गरेको छ ।

पूर्व मुख्यमन्त्री रावलको संयोजकत्वमा गठित सहजिकरण समितिमा पूर्ब मुख्यमन्त्री त्रिलोचन भट्ट र दीर्घ बहादुर सोडारी सदस्य छन् । तीन जना पूर्व मुख्यमन्त्रीहरुले नेतृत्व गर्ने गरी तीन वटा समूह निर्माण गरी ९ वटै जिल्लामा सम्मेलनबारे छलफल र वातावरण बनाउने निर्णय बैठकले गरेको रावलले जानकारी दिएका छन् ।

पूर्ब मुख्यमन्त्री रावलले बैठकमा लगानी सम्मेलनका विषयवस्तुबारे प्रस्तुतीकरण गरेका थिए । बैठकमा समिति सदस्य समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, आर्थिक मामिला मन्त्रालयका राज्यमन्त्री प्रकाश बम, भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री निर्मला साउद, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, विशेषाधिकार समिति सभापति तुलसी देवकोटा, कांग्रेस सचेतक गीता कुमारी चौधरीललगायतको उपस्थिति रहेको थियो ।

लगानी सम्मेलन आउदो असोज २ गते आयोजना गरिने र त्यसको पूर्ब तयारी स्वरुप २७ गते प्रि सम्मेलन राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मुख्यमन्त्री कमल बहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति, परराष्टमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै निर्देशन समिति र कार्यकारी समिति पनि गठन भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...