

खगेश्वरी पन्त
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सत्तारुढ नेकपा एमाले सम्बद्ध अनेरास्ववियु हाँक्ने जिम्मेवारी खगेन्द्र रोकायाले पाएका छन् । उनी सर्वसम्मत अनेरास्ववियु क्याम्पस इकाई कमिटी अध्यक्ष भएका छन् ।
सुदूरपश्चिम विश्विद्यालय केन्द्रीय क्याम्पसमा चैत २७ गते स्ववियू निर्वाचन हुँदैछ । निर्वाचनका लागि विद्यार्थी संगठनले संगठन दर्ता गरि सकेका छन् । अनेरास्ववियुले स्ववियू निर्वाचन प्रक्रिया थालिएपछि रोकायालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
रोकायाको अध्यक्षतामा ३५ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ । कमिटी उपाध्यक्षमा हरिश भट्ट, सचिव पवन धामी र सह सचिव उमेश जोशी, अनिल साउँद, पुष्पा बिष्ट हेमन्ती जोशी, तर्कराज शर्मा चयन भएका छन् ।

कमिटीे कोषाध्यक्षको जिम्मेवारी कवि सिंह साउदले पाएका छन् । अखिलले खेमराम बडुलाई संगठन विभाग प्रमुख बनाएको छ । अखिलका केन्द्रीय उपाध्यक्ष मर्यादा विष्टले कमिटीका पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ खुवाइन् । विष्टको प्रमुख आतिथ्यमा अखिलको सम्मेलनबाट नयाँ कमिटी चयन गरिएको हो ।
शपथ ग्रहणपछि अध्यक्ष रोकायाले विद्यार्थी अधिकार शैक्षिक सुधार र संस्थागत विकासलाई प्राथमिकता दिएर आफू अघि बढ्ने बताए ।
विद्यार्थीका शैक्षिक हितका मुद्दाहरु आफ्नो पहिलो प्राथमिकता पर्ने उल्लेख गर्दै उनले विश्वविद्यालय प्रशासनसँग सहकार्य गरी विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
(प्रशिक्षार्थी पत्रकार)
