ghar sansar

सुदूरपश्चिममै भीनपा १८ ले पहिलो पटक आयोजना गर्यो पावर लिफ्टिङ्ग च्याम्पियनसिप

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ को आयोजनामा शनिबार प्रथम खुला पावर लिफ्टिङ्ग च्याम्पियनसिप गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुर र भीनपा १८ स्थित भीजी स्पोर्टस सेन्टरको स्पोन्सरसिप समन्वयमा प्रतियोगिता गरिएको छ । भीनपा १८ ले सुदूरपश्चिमै पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको छ ।

भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम प्रमुख अतिथि थिए । वडा सचिव दिनेशराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका विभिन्न वडाका अध्यक्ष र पूर्व जनप्रतिनिधि सहभागी भएका छन् । पुरुष र महिलाका विभिन्न ७ वटा तौल समूहमा खेलाइएको उक्त खेलका प्रमुख कोच नेपाल वेटलिफ्टिङ्ग एसोसिएसन कोच जीवन गौतम रहेका थिए ।

dirghayi clinic

विभिन्न ५ वटा क्लबका २७ जना खेलाडीहरुको सहभागिता रहेको उक्त खेलमा जम्मा ४९० केजी भारोत्तोलन गर्दै सबैभन्दा बलिष्ठ पुरुषको उपाधी भी जी जिम फिटनेसका उत्तम भट्टले जिते भने समग्रमा २५७ केजी तौल उचाल्दै भी जी फिटनेसकै कञ्चन चन्दले बलिष्ठ महिलाको उपाधी हासिल गरिन ।

भीनपा १८ का वडा अध्यक्ष देवकोटाले विकास बहुआयमिक विषय भएको र भौतिक विकासले मात्रै विकासको अवस्था मापन गर्न नसकिने र युवाहरु नै विकासका संवाहक भएको हुँदा खेलकुद क्षेत्रको प्रवद्र्धन र विकासका माध्यमबाट युवाहरुको शारिरीक तथा मनोसामाजिक विकास गर्दै योग्य र प्रतिस्पर्धी खेलाडीहरुको उत्पादनबाट समग्र राष्ट्रको पहिचान अभिवृद्धि गर्नु आजको आवश्यकता रहेको बताए ।

आगामी वर्षमा पनि सम्वद्ध पक्षहरुको सघन समन्वय र सहकार्यका माध्यमबाट यो खेललाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने हाम्रो योजना रहेको अध्यक्ष देबकोटाले बताए ।

    

Himal dental
सम्बन्धित
Loading...