
पत्रकार रजक हत्या विरुद्ध कञ्चनपुरका पत्रकार आन्दोलित, महेन्द्रनगरमा निकालियो र्याली, वरिष्ठ पत्रकार थापा भन्छन्– पत्रकारमाथि प्रहार असह्य

महेन्द्रनगर । पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध ¥याली निकाएको छ । पत्रकार महासंघ कञ्चनपुरले पत्रकार रजतको हत्या र विभिन्न सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा ¥याली निकालेको हो ।
पत्रकार महासंघ कञ्चनपुरको आयोजनामा निकालिएको ¥यालिमा विभिन्न संञ्चारमाध्यममा कार्यरत पत्रकार तथा नागरीक समाजको समेत सहभागिता रहेको थियो । पत्रकार महासंघको भवनबाट निस्किएको पत्रकारहरुको ¥याली बजार परक्रममा गरी महेन्द्रनगरको मदनचोकमा पुगेर कोष सभामा परिणत गरीएको थियो ।

¥यालिमा सहभागि पत्रकारहरुले प्रेस स्वतन्त्रताको रक्षा गर, लोकतन्त्रको रक्षा गरौ, पत्रकारमाथिको आक्रमण सहन्नौ, पत्रकारको सुरक्षा गरलगायतका प्लेकार्डहरु बोकेका थिए ।उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं वरिष्ठ पत्रकार चित्रांङ्ग थापाले पत्रकार हत्याको घट्ना प्रेस स्वतन्त्रताको विरुद्धमा रहेको बताए ।
उनले गणतन्त्र स्थापना समयमा मिडियाले खेलको सकारात्मक भुमिकाको प्रतिशोध लिएर मिडिया र पत्रकारमाथिको प्रहार असह्य भएको बताए । यसका लागि नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णयअनुसारका आन्दोलनको कार्यक्रम चर्काउने बरिष्ठ पत्रकार चित्राङ्ग थापाले बताए ।
त्यसैगरी पत्रकार महासंघ कञ्चनपुरका शाखाका पूर्व अध्यक्ष लक्ष्मण तिवारीले राजाबादीहरुले राजा हुदा जस्तो थियौ त्यसै प्रकारको झल्को दिएको भन्दै यसको घोर विरोध गरे ।
