
सहकारी दिवसको पूर्व सन्ध्यामा बक्तृत्वकला प्रतियोगिता, महेन्द्रनगर मावि साधरण स्कुलकी कृतिकाले ल्याइन प्रथम स्थान


महेन्द्रनगर । ६८ औ सहकारी दिवसको अवसरमा “सहकारीमा प्रविधि : पारदर्शिता ,विश्वसनीयता र दिगो विकास “ विषयमा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा महेन्द्रनगर माध्यमिक विद्यालयक( साधारण स्कुल) का कक्षा ९ का छात्रा कृतिका भट्ट प्रथम, सरस्वती माविका सुदिच्छा भट्ट द्वितीय र डाइमड पब्लिक स्कुलका आज्ञा श्रेष्ठले तृतीय स्थान हासिल गरेका छन् ।

भीमदत्त नगर सहकारी संजालका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम विशिष्टिकृत थोक सहकारीका अध्यक्ष गणेश चन्द प्रमुख अतिथि थिए ।
सुर्योदय सहकारीको सभा कक्षमा कार्यक्रम गरियो । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम भाट, नेपस्कुनका प्रमुख यम डाँगी, राष्ट्रिय सहकारी बैंक शाखा कञ्चनपुरका प्रमुख प्रकाश कार्की लगायत सभागी भए ।
सहकारी सञ्जालका सचिव मोहन बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे । प्रतियोगिता निर्णायक मण्डलमा गणेश चन्द, महेश भट्ट र ध्रुव पण्डित थिए ।
