ghar sansar

कञ्चनपुरभरि पत्रकार हत्याको विरोध, पत्रकारमा हातमा कालोपट्टी, बेलौरीमा प्रदर्शन

khasi

महेन्द्रनगर । राजावादीको आन्दोलनमा पत्रकारको हत्या र सञ्चार गृहमा तोडफोड र आगजनी विरुद्ध कञ्चनपुरका पत्रकारहरुले आइतबार हातमा कालोपट्टी बाँधेर विरोध गरेका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अनुसार जिल्लाभर सबै सञ्चार माध्यममा कार्यरत पत्रकारले हातमा कालोपट्टी बाँधेर विरोध गरेका छन् । नेपाल पत्रकार महासंघले शनिबार विरोध ¥याली आयोजना गरेको थियो ।

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले काठमाडौंमा पत्रकार सुरेश रजकलाई अमानवीय रुपमा जलाएर हत्या गरेको, सञ्चार गृहलाई निशाना बनाएर आक्रमण गरिएको घट्ना विरुद्ध महासंघ सशक्त रुपमा आन्दोलनमा उत्रिएको बताए ।

‘यसमा संलग्नलाई कारवाही नभएसम्म, प्रेसमाथि आक्रमण बन्द नभएसम्म महासंघको केन्द्रीय कार्यक्रम अनुसार आन्दोलन जारी रहन्छ’ उनले भने ।

कञ्चनपुर सदरमुकामका पत्रकारहरुले विहान सालघारीस्थित महासंघ कार्यालय पुगेर हातमा कालोपट्टी बाँधेका छन् । महासंघ कार्यालयमा कालोपट्टी बाँधेपछि उनीहरु आ–आफ्नो काममा लागेका छन् ।

dirghayi clinic

महासंघ अध्ध्यक्ष धामी, उपाध्यक्ष धर्मा रोकाया, सचिव कुन्दनराज पाण्डेय लगायत महासंघ पदाधिकारी सहितको उपस्थितिमा कालोपट्टी बाँधिएको छ । महासंघका सचिव पाण्डेयले पत्रकार रजतको हत्यालाई क्रुरताको संज्ञा दिए ।

नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज बहादुर सिह मुस्कान, प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष मदन गिरी, सचिव धन बहादुर बोहरा लगायत प्रेस सम्बद्ध विभिन्न संगठनका पदाधिकारी पनि हातमा कालोपट्टी बाँध्न महासंघ कार्यालय पुगेका छन् ।

महासंघले सोमबार पत्रकार हत्या, सञ्चार माध्यम आक्रमण विरुद्ध प्रशासन कार्यालयमा ज्ञापन बुझाउने कार्यक्रम बनाएको महासंघका अध्यक्ष धामी जानकारी दिएका छन् ।

यसैबीच कञ्चनपुरको दक्षिणी क्षेत्रमा कार्यरत पत्रकारहरूले आइतबार बेलौरी बजारमा पत्रकार सुरेश रजकलाई न्यायको माग तथा सञ्चार गृहमाथिको आक्रमणको विरोधमा प्रर्दशन गरेका छन् ।

बेलौरीको भीमदत्त चोकमा आयोजित विरोध कार्यक्रममा पत्रकारहरूले कालोपट्टी बाँधेर ऐक्यबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका सहसचिव किशोर कुमार तामाङका अनुसार उक्त विरोध कार्यक्रममा पत्रकारिता स्वतन्त्रताको रक्षा र दोषीलाई कडा कारबाहीको माग गरिएको छ । विरोध कार्यक्रममा महासंघका सदस्य, पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सदस्य धनबहादुर बिकले गर्नु भएको थियोे । विरोधका क्रममा सञ्चारकर्मीमाथि भइरहेका आक्रमणलाई रोक्न सरकार र सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...