ghar sansar

रिङौना खेलकूल संरक्षण तथा संवद्र्धन समितिले दियो नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिता आयोजनामा साथ दिने सबैलाई धन्यवाद

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ मा रिङौना खेलकूल संरक्षण तथा संवद्र्धन समितिले आयोजना गरेको नरेन्द्र रावत स्मृति भीमदत्त नगरपालिका वडा स्तरीय भलिबल प्रतियोगिता खर्च पारित गरिएको छ ।

समितिको बैठकबाट प्रतियोगिता सञ्चालनका लागि भएको आम्दानी र खर्च सम्बन्धि छलफल गरी पारित गरिएको छ ।

ratnam malkhad

समितिका अनुसार प्रतियोगितामा सञ्चालनमा ६ लाख ९६ हजार आम्दानी भएको छ । यसमध्ये ६० हजार रकम अझै उठाउन बाँकी छ ।

प्रतियोगिताका लागि ३ लाख ७५ हजार खर्च भएको र २ लाख ६१ हजार बैंकमा मौज्दात रहेको समितिले जानकारी दिएको छ ।

प्रतियोगितामा निर्णायक, मजदुर, मिस्त्री, प्रमाण पत्र ट्रफी मेडल, नगद पुरस्कार लगायतका शीर्षकमा खर्च गरिएको छ ।
रिङौना खेल मैदानमा माघ ४ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो । सुदूरपश्चिम सरकार पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रतियोगिता उद्घाटन गरेका थिए ।

समितिले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आभार व्यक्त गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...