ghar sansar

मन्त्र हस्पिटल, जसले तोडिदियो महेन्द्रनगरको यो भाष्य

dirghayu ad

महेन्द्रनगर । महेन्द्रनगरमा निजी क्षेत्रका अस्पताल सञ्चालन हुन नसक्ने धारणा तोडिएको छ । मन्त्र हस्पिटल तीन वर्षदेखि सञ्चालन भएर अस्पताल सञ्चालन हुन सक्ने सन्देश दिएको छ । यसले महेन्द्रनगरमा अस्पताल सञ्चालन हुन नसक्ने वर्षाैदेखिको भाष्य तोडिएको छ ।

ट्राफिक चोक नजिक तीन वर्ष अघि मन्त्र हस्पिटल सञ्चालन गरिएको थियो । हस्पिटल तीन वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको छ । स्वास्थ्य कार्यालयबाट १५ शैय्याको अनुमति लिएर स्थापना गरिएको अस्पताल तीन वर्षभित्रै एक सय शैय्याको बनाउने प्रक्रिया थालिएको छ ।

ratnam malkhad

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा अनुमतिका लागि फाइल पेश गरिएको छ । मन्त्रालयले अनुमतिका लागि आइईई प्रक्रिया अघि बढाइ सकेको छ । अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाले सस्तो र सहज रुपमा सेवा प्रवाह गर्दै आएको जानकारी दिए ।

‘यो हस्पिटल खुलेको तीन वर्ष भयो, अरु भन्दा सस्तो, सुलभ र सहज रुपमा सेवा पुगाउने लक्ष्य हो, त्यसै अनुसार सेवा प्रवाह गरि रहेका छौ’ उनले भने ।

महेन्द्रनगरमा यस अघि खोलिएका अस्पताल वर्ष दिन नपुग्दै बन्द भएका थिए । त्यसपछि निजी क्षेत्रका अस्पताल सञ्चालन हुन नसक्ने बलियो धारणा बनेको थियो ।

अस्पतालका निर्देशक रोकायालाई महेन्द्रनगरमा अस्पताल टिक्न नसक्ने धारणालाई चिर्न आफूहरुले अस्पताल खोलेको बताए । ‘महेन्द्रनगरमा ८ महिना भन्दा बढी हस्पिटल नचल्ने रहेछ भन्ने धारणा थियो’ उनले भने ।

अस्पताल सञ्चालनका क्रममा ती सबै कुरालाई गम्भीर रुपमा लिएर अस्पताल सञ्चालन गरिएको उनी बताउँछन् ।
अस्पतालले हाल विशेषज्ञ सहित सेवा प्रदान गर्दै आएको छ । फिजिसियन, डेन्टल, ल्याब लगायतका सेवा छन् । विशेषज्ञ सहित हस्पिटलमा ६५ जना कार्यरत छन् ।

अस्पतालमा एक महिनामा ६० ओटा मुख्य शल्यक्रिया हुने गरेको जानकारी अस्पतालले दिएको छ । त्यसमा हड्डी, सर्जरी, डेन्टल, रेडियोलोजी लगायतका छन् ।

अस्पतालमा बाल रोग विशेषज्ञ छन् । अस्पतालमा बाल बालबालिकाको लागि एआइसियु सञ्चालनमा छ । अस्पतालमा नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. रवि ढकाल आएका छन् ।

हस्पिटलका निर्देशक डा. रोकायाले बाल रोग विशेषज्ञ डा. रवि ढकाललाई स्वागत गरे । भारतमा फेलोसिप गरेका ढकाल तीन वर्षदेखि माल्दिभ्समा थिए । अस्पतालको ओपिडीमा दैनिक ७५–८० र इमरजेन्सीमा २० जनासम्म आउने गरेका छन् ।

हस्पिटलले आगामी दिनमा सेवा विस्तारको योजना बनाएको छ । त्यसमा एक सय शैय्या पुगाउने, एम्बुलेन्स सञ्चालन लगायतका योजना राखिएको हस्पिटलका निर्देशक रोकायाले बताए ।

Himal dental
सम्बन्धित
Loading...