ghar sansar

कार्यकाल सकिनै लाग्दा सुप विश्वविद्यालयका रजिष्ट्रारले दिन खोज्दैछन् भटाभट भुक्तानी

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकको कार्यकाल शनिबार अर्थात बैशाख ६ गते सकिँदैछ । उनी दुई दिनका लागि मात्रै रजिष्ट्रारका रुपमा कामकाज गर्न पाउने लागेका छन् ।

रजिष्ट्रार पाठक कार्यकालका अन्तिम दुई दिनमा विवादित बनेर बाहिर निस्कने मनस्थितिमा पुगेका छन् । उनी कार्यकाल सकिन अघि विश्वविद्यालयका विभिन्न निर्माण कार्यको भुक्तानी गराउन सक्रिय रुपमा लागेका छन् ।

ratnam malkhad

विश्वविद्यालयमा केन्द्रीय कार्यालय भवन सहित इन्जिनियरिङ्ग र व्यवस्थापन संकायको भवन निर्माणाधिन छन् । त्यसमध्ये व्यवस्थापन संकायको भवन निर्माण कार्य ६ महिना अघि सकिएको थियो । भवन निर्माण सकिए पनि भुक्तानी दिइएको छैन ।

रजिष्ट्रार पाठकले अहिले व्यवस्थापन संकायको भुक्तानी गराउन अग्रसरता देखाएका छन् । उनी इन्जिनियरिङ्ग र केन्द्रीय कार्यालय भवन निर्माणको पनि बिल अनुसार भुक्तानी गराउन दबाव दिई रहेका छन् ।

विश्वविद्यालय स्रोतका अनुसार निर्माणाधिन संरचनामा ५०–६० करोड भुक्तानी बाँकी छ । केन्द्रीय कार्यालयको भवनको माथिल्लो तल हस्तान्तरण नहुँदै लाखौं मूल्यका उपकरण यस अघि खरिद गरिएका छन् ।

रजिष्ट्रार पाठकले उपकरण खरिद गरेको विश्वविद्यालयका प्राध्यापकहरुले बताए । उपकरण खरिदमा कमिशनको चलखेल भएको उनीहरुको आशंका छ ।

केन्द्रीय कार्यालय भवनका लागि विश्वविद्यालयले २०८१ असार मसान्तसम्म सम्झौता गरेको थियो । यसैगरी अर्को इन्जिनियरिङ्ग संकाय भवनका लागि माघ मसान्तसम्म सम्झौता थियो ।

सम्झौता अनुसार निर्माण कार्य पूरा नभए पनि रजिष्ट्रार पाठकले भेरिएसन गराएका थिए । विश्वविद्यालय निर्माण समितिका सदस्यहरुले भेरिएसनमाथि छानबिन हुनु पर्ने माग राखेका थिए ।

उनले निर्माण समितिसित सल्लाह नगरी १०–१५ लाखको काम भेरिएसनबाट गराएका छन् । सम्झौता अनुसार निर्माण पूरा नभएमा कारवाही हुनु पर्नेमा भेरिएसपछि गरेपछि रजिष्ट्रार पाठकको आलोचना भएको थियो ।

निर्माण समितिले प्राविधिक समितिले बनाएर भेरिएसन छानबिन हुनु पर्ने निष्कर्ष निकालेको थियो । रजिष्ट्रार पाठक आफंै निर्माण समितिका अध्यक्ष छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तलाई उनले पटक पटक भेटघाट र छलफल गरेका छन् । उनी उपकुलपतिलाई दबाव दिएर भुक्तानी दिने मनस्थितिमा छन् । उपकुलपति पन्तले हालसम्म यसबारे आफ्नो धारणा राखेका छैन् ।

उपकुलपति पन्त रजिष्ट्रार पाठकका नातेदार हुन् । नातागोताका कारण रजिष्ट्रार पाठकले अन्तिम समयमा भुक्तानी प्रक्रिया अघि बढाउन लागेको प्राध्यापकहरुले बताए ।

विश्वविद्यालयका प्राध्यापकहरु रजिष्ट्रार पाठकले अन्तिम समय दिन लागेको भुक्तानी रोक्न लागेका छन् । उनीहरुले उपकुलपति पन्तलाई भेटेर भुक्तानी नदिन आग्रह गरेका छन् ।

नेपाल प्रगतिशिल प्राध्यापक संघले उपकुलतिलाई भेटेर रजिष्ट्रार पाठकको भुक्तानी दिने सक्रियतालाई अस्वभाविक भन्दै सचेत रहन आग्रह गरेका छन् ।

उनीहरुले भेटमा अन्तिम समयमा भुक्तानी दिने रजिष्ट्रारको सक्रियता गलत नियतले प्रेरित भएकाले भुक्तानी नगर्न आग्रह गरे ।

उपकुलपसित उनीहरुले निर्माण समितिमा नागरिक समाजका अगुवा र राजनीतिक दलका नेता सदस्य भएकाले भुक्तानी गरिए असहज अवस्था आउन सक्ने भन्दै सचेत गराए ।

रजिष्ट्रार पाठक नेतृत्वको निर्माण समितिमा समाजसेवी लिलाध्वज वस्नते, राजनीतिकर्मी डिडी पाण्डेय, अधिवक्ता कौशिल्या ओझा, इन्जिनियर धनसिह बुुडाल लगायतका सदस्य छन् ।

समितिका सदस्य वस्नते, पाण्डेय र बुडालले भेरिएसन छानबिन गरेर मात्रै दिनु पर्ने बैठकमा माग गरेका थिए ।

समितिका सदस्य वस्नतेले समिति बैठकमा आफूहरुले नियम सम्मत कार्यको भुक्तानी दिनु पर्ने र त्यस बाहेकको हकमा छानबिन गरेर मात्रै दिनु पर्ने निर्णय गराएको बताए ।

विश्वविद्यालयले हतारमा नभएर ऐन नियम अनुसार भुक्तानी दिनु पर्ने वस्नेतले बताए । ‘हतारमा भुक्तानी गर्नु हुँदैन, ऐन कानुनमा जे छ, त्यस अनुसार भुक्तानी दिनु पर्छ’ उनले भने ।

 

Himal dental
सम्बन्धित
Loading...