ghar sansar

कार्यकाल सकिनै लाग्दा रजिष्ट्रारले जथाभावी गर्न खोजेको भन्दै तालाबन्दी

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा कार्यकाल सकिनै लागेका रजिष्ट्रार यज्ञराज पाठकले जथाभावी गर्न खोजेको भन्दै तालाबन्दी गरिएको छ ।

कार्यकाल सकिन केही घण्टा बाँकी रहेका बेला रजिष्ट्रार पाठकले कानुन विपरीत समयमै निर्माण कार्य नसक्ने निर्माण व्यवसायीलाई गैरकानुनी रुपमा पूर्ण भुक्तानी दिएर पदको दुरुपयोग गरेको आरोप छ ।

ratnam malkhad

सोही आरोप लगाउँदै अनेरास्ववियु, राप्रवि संघ र अखिल क्रान्तिकारी बहुमतले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...