
महेन्द्रनगर । नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरले संगठनको स्थापना दिवसमा समाज कल्याण अञ्चल बाल अनाथालयलाई सहयोग गरेको छ ।
आइतबार अनाथालयलाई दुई स्ट्याण्ड पंखा र ५ कुर्सि सहयोग गरिएको छ । अनाथालय कार्यक्रम गरी समापन हस्तान्तरण गरिएको छ ।

संगठनका केन्द्रीय सदस्य प्रताप चन्द, सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब जोशी, जिल्ला अध्यक्ष मान बहादुर चन्द, पेशागत महासंघ नेपाल कञ्चनपुरका उपाध्यक्ष तिलकराज जोशी, निजामति कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष दिनेशराज भट्ट, सचिव लाल बहादुर विष्ट लगायत सहभागी भएका छन् ।
