ghar sansar

यस्तो हालतमा मृत भेटिए बेलडाँडीका हरि किसन राना

khasi

महेन्द्रनगर । बेलौरीस्थित कलकत्तामा एक जना जलेको अवस्थामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपेन्द्र बहादुर चन्दका अनुसार मृतकको सनाखत गर्दा बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका ५० वर्षीय हरिकिसन राना भएको पुष्टि गरिएको छ ।

dirghayi clinic

परिवारजनका अनुसार, राना मंगलबार बिहानै घरबाट निस्किएका थिए । उनी करिब ७ किलोमिटर टाढा बेलौरीको कलकत्ता क्षेत्रमा रहेको निर्मल शारदा आर्यघाट नजिकै मोटरसाइकल सहित पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । घटनाको गम्भीरता हेर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको छ ।

तालिम प्राप्त कुकुर समेत घटनास्थल मगाइएको छ । प्रहरी टोली हाल घटनास्थलमा परिचालन गरिएको छ । राना किसान हुन् । उनी दुधको कारोबार गर्दै आएका थिए ।

Himal dental
सम्बन्धित
Loading...