ghar sansar

शिक्षक आन्दोलनले बैतडीमा परीक्षा स्थगित

khasi
dirghayi clinic

महेन्द्रनगर । शिक्षकहरुको आन्दोलनका कारण बैतडीको मेलौली नगरपालिकाले परिक्षा स्थगित गरेको छ। नगरपालिकाले सोमवार एक सूचना जारी गर्दै वैशाख १५ र १६ गतेदेखि हुने भनिएको आधारभूत तह कक्षा ८ को पुनर्योग र ग्रेडवृद्धि परिक्षा शिक्षकहरुको आन्दोलनका कारण स्थगित गरिएको जनाएको छ।

वैशाख १५ गतेदेखि हुने भनिएको पुनर्योग र ग्रेडवृद्धि परिक्षा अनिश्चितकालका लागि स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताए । विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै देशभरका शिक्षकहरू काठमाडौंमा आन्दोलनमा रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...