ghar sansar

कलकत्ता जाने भन्दै विहानै चार बजे घरबाट हिँडेका थिए राना, आर्यघाट नजिक भेटिए मृत

khasi

महेन्द्रनगर । मङ्गलबार बिहान बेलौरी नगरपालिका –१० शिवनगर स्थित निर्मल आर्यघाट नजिक मृत फेला परेका व्यक्ति बेलडाँडी गाउँपालिका वडा नम्बर–३ कमरीका ५० वर्षीय हरिकिसन राना भएको प्रहरीले पुष्टी गरेको छ ।

उनी मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए । घटना स्थालमा पुगेका मृतक राना परिवारजनका अनुसार, राना बिहान साढे ४ कलकत्ता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेका थिए । उनी मोटरसाइकल सहित पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सडक किनार राखिएको तोरीको भुसमा मोटरसाइकल पुर्ण जलेको र राना केही पर जलेको फेला परेका थिए ।

dirghayi clinic

रानाको मोबाइल ,पर्स र केही पैसा नजिकै डिलमा सुरक्षित भेटिएको छ । मृतक रानाको परिवारले उनको हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरि रहेका छ्न ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । प्रहरी टोली हाल घटनास्थलमै रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी नेतृत्वको टोली समेत घटनास्थलमा पुगेको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । राना किसान हुन् ।

जिल्ला प्रहरी कार्यालयले घट्नाको अनुसन्धान सुरु गरेको छ । कार्यालयका अनुसार अनुसन्धानका लागि कुकुर पनि परिचालन गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...