
महेन्द्रनगर । गैरसरकारी संस्था महासघ कञ्चनपुर शाखाको आयोजना तथा निडस नेपाल,एनएनएसडब्लुए,स्वीट नेपाल,सजीवनी नेपाल,द्धन्द्ध पिडित तथा एकल महिला बिकास केन्द्र,नारी उत्थान केन्द्र,पेसवान लगायत संस्थाहरुको सहयोगमा आज लोकतन्त्रको बिकल्प लोकतन्त्र भन्ने मुल नाराका साथमा “लोकतन्त्रको संस्थागत बिकासका लागी समाजिक न्याय,सुसासन र समृद्धि आजको आवश्यकता ”बिषयक नागरिक संवाद कार्यक्रम गरिएको छ ।
महासंघको सभा कक्षमा गरिएको कार्यक्रमको अध्यक्षता गैसस महासंघका उपाध्यक्ष अमिर तिरुवाले गरे । जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथी रहेको कार्यक्रममा काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य नर बहादुर साउद, एमाले जिल्ला उपसचिव अशोक कुमार चन्द,नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य गणेश विक,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव रामदत्त भट्टले लोकतन्त्र लाई बलियो बनाउनका लागी आआफनो पार्टी हरेक समयमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

कञ्चनपुरमा लोकतन्त्रको संस्थागत बिकासका लागी समाजिक न्याय,सुसासन र समृद्धि आजको आवश्यकता बिषयक कार्यपत्र महासंघका केन्द्रिय उपमहासचिव भवराज रेग्मीले कार्यपत्र प्रस्तुतीकरण गरे र कार्यपत्रमाथि सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेल र नागरिक समाजका अगुवा बलबहादुर डगौराले टिप्पणी गरे ।
कार्यक्रममा स्वागत मन्तब्य महासंघका उपसचिव शिवी लुहारले गरेका थिए भने सञ्चालन सचिव अञ्जु भट्टले गरेकी थिईन ।
यसैगरी महासंघले साँझ साँझ महेन्द्रनगरको संविधान चोकमा दिप प्रज्वलन समेत गरेको छ ।
