ghar sansar

मानव एकता दिवस मनाइयो, रक्तदान शिविर आयोजना

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित निरंकारी सत्संग भवनमा मानव एकता दिवस मनाइएको छ । सो अवसरमा सत्संग भवनमा रक्तदान शिविर आयोजना गरिएको छ ।

प्रमुख जिल्ला लक्षण ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम गरियो । सन्त निरंकारी मण्डलका महेन्द्रनगर मुखी एबम् केन्द्रीय सचिव नर बहादुर विश्वकर्माले कार्यक्रमको अध्यक्षतामा गरे ।

ratnam malkhad

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख चक्रराज जोशी, समाजसेवी लिलाध्वज वस्नेत, वरिष्ठ पत्रकार चित्राङ्ग थापा लगायत सहभागी भए ।

सन्त निरंकारी मिसन आवद्ध युवाले रक्तदान गरे । मानव एकता दिवसमा बर्सेनी रक्तदान शिविर आयोजना हुँदै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ढकालले रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटीका नरेन्द्रराज जोशीलाई ग्लोब्स हस्तान्तरण गरे । सन्त निरंकारी मिसन आवद्ध स्वयम् सेवक लगायतले रक्तदान गरे ।

कार्यक्रमपछि मण्डलममा बृहत सत्संग कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ढकाल, प्रहरी प्रमुख जोशी, समाजसेवी वस्नेतले शुभकामना मन्तव्य राखे ।

मान सिंह तिरुवाले सञ्चालन गरेको कार्यक्रममा गगन सिंह भुलले स्वागत मन्तव्य राखे । रक्तदान शिविर कार्यक्रमपछि गरिएको बृहत सत्सङ कार्यक्रमको अध्यक्षतामा ज्ञान प्रचारक रामप्रसाद गुरुङ्ग गरे ।

कार्यक्रममा कञ्चनपुरका विभिन्न क्षेत्रबाट ५ सय भन्दा बढी सन्त परिवार सहभागीका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...