

महेन्द्रनगर । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले समुदायको लागि जलवायु उत्थानशिल कार्यक्रम अन्र्तगत सञ्चालन गरेको चार दिने विपद प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सम्पन्न भएको छ।
तालिममा भीमदत्त नगरपालिका वडा नं. १, २, १९, शुक्लाफाँटा नगरपालिका १२, बेलौरी नगरपालिका ५, पुनर्वास नगरपालिका २, ५ र लालझाडी गाउँपालिकाका ६ नं. वडा बाहेक अन्य ५ वडाका २८ जना सहभागी भए ।
सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको छ । पेसवानका उपाध्यक्ष पशुपति थापमगरको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

तालिम संयोजक लक्ष्मणदत्त भट्टले चार दिनसम्म विपद पूर्व र विपद आएपछि कसरी समुदायमा पारिवारीक जिवन सुरक्षा दिनका लागी चाहिने सबै सिप सिकाएर दक्ष बनाएको बताए ।
विपदमा जीवन बचाउने सामुदायिक उद्धारकर्ताहरुलाई सक्षम बनाएर केही प्रयोगात्मक कार्य पनि सिकाएर समुदायमा पठाउने उनिहरुलाई दक्ष बनाएर विपदमा ज्यान बचाउने सबै सिप ज्ञानहरु प्रदान गरिएको बताए ।
तालिममा सहभागी लालझाडी गाँउपालिका ३ की रेनुका चौधरीले यो तालिमले आफुलाई थप हौसला सिप ज्ञान प्रदान गरेको बताइन् ।
तालिममा विश्व प्रशाद जोशी, विनायक पौडेल, देवराज चटौत, प्रमराज मुडभरी र लक्ष्मणदत्त भट्टले सहजीकरण गरेको पेसवानका फोकल पर्सन दमन बहादुर चन्दले बताए ।
