
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले विभिन्न क्षेत्रका श्रमिकलाई हाते औजार वितरण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत भीमदत्त नगरपालिकाका विभिन्न वडाका श्रमिकलाई बेल्चा, हाते ठेला हसिया, गैँठी, साबेल, हाते पञ्जा, खुट्टामा लगाउने बुट, माटो बोक्ने तस्लाहरु लगायतका सामग्री वितरण गरिएको छ ।
भीमदत्त नगरपालिकाका वडा नम्वर १, ३, ५, ७, ८, १०, १२, १३, १४, १६ र १७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको भएर उक्त वडामा ती सामग्री वितरण गरिएको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले ती समान वितरण गरिन् ।

भीमदत्त नगरपालिकाको ४ लाख र सुदूरपश्चिम प्रदेश सरकारको २ लाख गरी ६ लाखमा हाते औजार किनेर श्रमिकलाई वितरण गरिएको रोजगार संयोजक कृष्ण चन्दले बताए ।
भीमदत्तमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सडक मर्मत गर्ने, कुलो निर्माण गर्ने, विद्यालयको पर्खाल मन्दिर पर्खाल निर्माण लगायतका कार्य सञ्चालन छन् ।
