ghar sansar

वादीका टहरा डोजर लगाएर भत्काएपछि डिपीआर विनै नगर विकासको चार कट्टा जग्गामा ३० लाखको नक्षत्र वाटिका बनाइदै

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले डोजर लगाएर वादी समुदायका टहरा भत्काएको स्थानमा नक्षत्र वाटिका बनाउन लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयको बजेटमा बाटिका बनाउन लागिएको हो ।

होटेल ओपेरा नजिक बाटिका बनाउन तीन दशकदेखि बस्दै आएका वादी समुदायका टहरामा चैत २१ गते डोजर लगाइएको थियो । डोजर लगाएर टहरा भत्काएपछि वादी समुदाय २६ दिनदेखि भीमदत्त नगरपालिकामा धर्ना बसेका छन् ।

ratnam malkhad

भीमदत्त नगरपालिकाले प्रदेश मन्त्रालयले ठेक्का आव्हान गरेपछि वाटिका बनाउन साइट क्लियर गर्न टहरा भत्काएको प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले बताए ।

‘प्रदेश सरकारले नक्षत्र वाटिका बनाउन ३० लाख बजेट ठेक्का लगाएको छ, ठेकेदारले साइट क्लियर गरि दिन भनेपछि हामीले टहरा हटाएका हौ’ प्रमुख प्रशासकीय अधिकृत बमले भने, ‘ठेक्काको काम प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट नै भएको हो ।’

बाटिका बनाउने ठेक्का सम्बन्धि अन्य जानकारी नगरपालिकालाई छैन । प्रदेश सरकारले ठेक्का खोलेर ठेक्का सम्झौता गरेको बाहेक अन्य जानकारी नभएको नगरपालिकाले जनाएको छ ।

वाटिकाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) भए नभएको सम्बन्धि कार्यालयलाई थाहा नभएको प्रमुख प्रशासकीय अधिकृत बमले बताए । ‘यसको डिपीआर छ छैन त्यसबारे केही थाह छैन’ उनले भने ।

चार कट्टा जग्गामा वाटिका बनाउन लागिएको हो । डिपिआर विनै ठेक्का खोलेर सरकारी जग्गामा बाटिका बनाउन लागिएको हो । योजानको डीपिआर बनाएर मात्रै ठेक्का प्रक्रिया थाल्नु पर्ने हुन्छ । यो जग्गा भीमदत्त नगर विकास समिति स्वामित्वमा छ । नगर विकास समितिको जग्गामा बनाउन समितिका मापदण्ड पालना गरिनु पर्ने हुन्छ ।

भीमदत्त नगरपालिका वडा नं. ४ ले वाटिकाका लागि साइट क्लियरका लागि नगरपालिकामा पत्राचार गरेको बताइएको छ । वाटिका बन्ने क्षेत्र नं. ४ नं. वडामा हो । ४ नम्बर वडाका अध्यक्ष सुशिल कुमार भट्ट भीमदत्त नगर विकास समिति सदस्य छन् ।

वडा अध्यक्ष भट्टले पनि केही दिन अघि वाटिका बनाउन वादी समुदायका टहरा हटाएको बताएका थिए ।

भीमदत्त नगर विकास समितिका अध्यक्ष भीमदत्तका मेयर पदम बोगटी छन् । मेयर आफ्ना मागप्रति वेवास्ता गरेको भन्दै आइतबार वादी समुदायका महिलाले अर्धनग्न प्रदर्शन गरेका छन् ।

नगर विकास पीडित वादी अधिकार संघर्ष समितिकी संयोजक वसन्ती वादीले भीमदत्तले आफूहरुका मागमा सुनुवाई नगरेपछि बाध्य भएर अर्धनग्न हुनु पर्ने अवस्थामा आएको बताइन् ।

‘हाम्रा टहरा भत्काएर बिचल्लीमा पारेपछि हामी सोही स्थानमा व्यवस्थापनको माग गर्दै आन्दोलनमा छौ, भीमदत्तले अहिलेसम्म कुनै मतलब गरेको छैन’ उनले भनिन्,‘केही मतलब नगरेपछि हामीहरु अर्धनग्न भएर बस्नु पर्ने अवस्था आयो, यो देखेर त अलिकति त लाज लाग्ला ।’

भीमदत्त नगरपालिकाले चैत २१ गते नगर प्रहरी लगाएर होटेल ओपेरा नजिक बस्दै आएका वादी समुदायका घर घर टहरा डोजर लगाएर भत्काएको थियो ।

Himal dental
सम्बन्धित
Loading...